सुदूर नेपाललाई विश्वसँग जोड्दै

नमुना झोलुंगे पुल निर्माणको डिपिआर तयार

२०७५ जेठ ११, ११:२७

दार्चुलाको दुहु गाउँपालिकामा बन्न लागेको नमुना झोलुंगे पूलको विस्तृत परियोजना रिपोट डिपिआर तयार भएको छ। दुहु गाउँपालिकाको वडा नम्बर २ र ५ जोड्ने झोलुंगे पुल निर्माणको लागि रिपोट तयार भएको हो। यसै आर्थिक वर्षबाट निर्माण शुरु गर्ने लक्ष्यका साथ कुल ३ सय ७० मिटर लम्बाई तथा २ सय मिटर बढि उचाईमा झोलुंगे पूल निर्माण गरिन लागेको हो। झोलुगे पूलको झोलुंगे पूल सहयोग एकाई हेल्भटासले डिपिआर तयार गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको छ। कुल २ करोड ६५ लाख रुपैयाँ लागतमा पूल निर्माण हुने गरी रिपोट तयार गरिएको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए। दुहु गाउँपालिकाको थलसिलिङ चौरामा बहुउपयोगी हुने गरी झोलुंगे पूलको डिपिआरको तयार गरिएको छ। पूल निर्माण पछि दार्चुलाको तिंकर सडकको झण्डै डेढ किलोमिटर दुरी घट्ने छ। सडकबाट हिड्नु भन्दा पूलबाट हिड्नुमा डेढ किलोमिटर बराबर अन्तर आउने अध्यक्ष कार्कीले बताए। पूल निर्माणको लागि हेल्भटासले ३० देखि ४० लाख रुपैयाँ बराबरको उपकरण सहयोग गर्ने जनाइएको छ, भने बाँकी रकम गाउँपालिका र सहयोगी निकायको खोजी गरिने कार्कीले बताए। 

कमेन्ट लोड गर्नुस