सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चटकपुरमा भेटिएको बम निष्क्रिय (भिडियो सहित)

२०७५ वैशाख २२, ०९:५०

धनगढीको चटकपुरमा राखिएको बम निष्क्रिय पारिएको छ । दक्षिणकाली मार्ग छेउको पोल मुनि राखिएको बमलाई नेपाली सेनाको बमक डिष्पोजल टोलीले निष्क्रिय पारेको हो । वोँराडाडी व्यारेकवाट आएको डिष्पोजन टोलीले दूध राख्ने स्टीलको डिव्वामा प्लास्टिकले बेरेर तार बाहिर निकालिएको अवस्थामा राखिएको बम फेला परेको थियो । प्रहरीले खवर गरेपछि आएको सेनाको टोलीले निष्क्रिय वनाएको हो । आज वन्द आह्वान गरेको विप्लप निकटको माओवादीले बम राखेको आशंका प्रहरीको छ । शुक्रवार एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको थियो । बम निष्क्रिय पार्ने क्रममा धनगढी–अत्तरीया रोडमा आवतजावत समेत वन्द गरिएको थियो । 

 

कमेन्ट लोड गर्नुस