सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटना न्युनिकरणमा बढि जोड दिन सुझाव

२०७५ साउन ३१, ०७:५३

ट्राफिक प्रहरीलाई राजश्व सड्कलनमा भन्दा पनि बढ्दो सवारी दुर्घटना न्युनिकरणमा बढि जोड दिन एक कार्यक्रमका सहभागिले सुझाव दिएका छन् । ७ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक केदार रजौरेको स्वागत एबम् परिचयात्मक कायक्रममा सहभागिले यस्तो सुझाव दिएका हुन् । 
कार्यक्रममा सहभागि जनप्रतिनिधि, समासेवी, बुद्धिजिवि, राजनितिक दलका प्रतिनिधि र बिभिन्न संघसंस्थाका प्रनिनिधिहरुले ट्राफीक प्रहरीको ध्यान जरिमाना काट्ने र कमिसन खानेमा मात्रै केन्द्रित भएकाले अव दुर्घटना न्यूनीकरणमा जानुपर्ने सुझाव दिएका हुन् । प्रहरी उपरिक्षक रजौरेले सबैका सुझावहरुलाई मध्यनजर गर्दै दुर्घटना न्युनीकरण गर्न जोड दिने बताए ।
 

कमेन्ट लोड गर्नुस