दुर्घटना अपडेटः मृतकको संख्या चार पुग्यो, सवैको सनाखत
डडेल्धुराको गजरौलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका– २ मा पर्ने के आई सिंह राजमार्ग अन्र्तगतको गजरौलामा से १ ज ३३० नम्वरको जीमा परि मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ । शैलेश्वरी यातायातको दिपायलदेखि धनगढी तर्फ आउँदै गरेको बलेरो पिकअप जीप दुर्घटना हुँदा मृत्यु हुने सवैको सनाखत भएको छ । डोटीको आर्दश गाउँपालिका– २ का ४० वर्षीय वडा अध्यक्ष प्रेम बोहोरा, सोही ठाउँका ३५ वर्षीय लालवहादुर वोहोरा, १४ वर्षीया जानकी वोहोरार दिपाय सिलगढी नगरपालिका ४ का विनोद रावलको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।
दुर्घटनामा परी ७ जना घाईते भएका छन । घाईते हुनेमा जीपका चालक विष्णु विक, कृष्णकुमार यादव, विनोद वोहोरा, विस्ना वोहोरा, टेकवहादुर वोहोरा र नरेश देउवा रहेका छन् । उनीहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामाउपचार भईरहेको छ । जीप सडकवाट करिब दुई सय मिटर तल खोलामा खसेर दुर्घटना भएको थियो ।
तस्विरः कर्ण चन्दको फेशवुकवाट