सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई दशकदेखि बन्द गोकुलेश्वर विमानस्थल गौचरनमा परिणत

२०७४ चैत्र १६, ०२:०१

दार्चुलाको गोकुलेश्वर विमान स्थलमा जहाज अवतरण नगरेको र गौचरनको रुपमा परिणत भएको दुइ दशक वितेको छ । नेपालमा सशस्त्र जनयुद्ध सुरु भएदेखि बन्द रहेको विमानस्थल संघीयता आइसकेपछि पनि सुचारु हुन सकेको छैन । विमानस्थल सुचारु गर्न भन्दै मन्त्री र सांसदहरुले निर्वाचन र मन्त्री हुने वित्तिकै कोरा आश्वासन दिन छोडेका छैनन्। तत्कालीन पर्यटन तथा नागरिक उड्यनमन्त्री लोकेन्द्र विष्टले ट्विनअटर अवतरण नै गराएर विमानस्थल सञ्चालनमा ल्याउने वाचा गरेका थिए। अहिले गोकुलेश्वर विमानस्थलको एकातिर गौचरन छ भने अर्कोतिर खेलमैदान बनेको छ।

२०४४÷०४५ मा निर्माण भएको गोकुलेश्वर विमानस्थलमा २०५० सम्म केहि उडान भएपनि सशस्त्र द्धन्द्धपछि विमानस्थल पूर्ण रुपमा बन्द भएको विमानस्थलका सुरक्षार्थ खटिएका कार्यालय सहयोगी रामदत्त विष्टले बताए। तत्काली अवस्थामा शाही नेपाल वायु सेवा निगम (आरएनएसी) को ट्विनअटर विमानले साप्ताहिक रुपमा महेन्द्रनगर हुँदै नेपालगन्जको उडान भर्ने गरेको थियो । अहिले जीर्ण भएका भवनहरूको समेत मर्मत सम्भारका लागि कसैले चासो दिएको छैन ।

विमानस्थल सुचारु गर्ने माग गर्दै पटक पटक उद्योग वाणिज्य संघ, राजनीतिक दलका नेताहरुले मन्त्रालय र प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पनि बुझाएका छन् । तर सुनुवाइ भने भएको छैन्। विमानस्थल सुचारु नहुँदा होटल व्यवसाय समेत प्रभावित भएको होटल व्यवसायी भुवन भण्डारीले बताए। छन्। विमानस्थल सञ्चालन हुन सकेको भए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्थ्यो। 
 

कमेन्ट लोड गर्नुस