सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका १ सय ६ सहकारी स्थानीय तहलाई हस्तान्तरण 

२०७४ चैत्र २८, ११:०५

दार्चुलाका १ सय ६ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। डिभिजन सहकारी कार्यालय बैतडीले मंगलबार सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रमका बीच सहकारी हस्तान्तरण गरेको हो। संविधानले स्थानीय तहमा सहकारी सञ्चालन गर्ने अधिकार दिए अनुरुप सहकारी संस्थाको नियमन र सहयोग गर्ने उदेश्यले अभिलेख हस्तान्तरण गरीएको छ। विगतमा सहकारी डिभिजन कार्यालय बैतडी मार्फत नियमन भइरहेको सहकारी संस्थालाई सम्बिन्धत स्थानीय तहहरुलाई अभिलेख हस्तान्तरण गरिएको हो।

सहकारी संस्था दर्ता, खारेजी, परिक्षण, क्षमता अभिबृद्धि लगायतका कामहरु सबै स्थानिय तहले गर्नेगरी अभिलेख हस्तानान्तरण गरिएको सहकारी डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख रामबहादुर खातीले बताए। दार्चुला जिल्ला भरी दर्ता भएर क्रियाशिल रहेका कुल १ सय २९ सहकारी संस्थामध्ये स्थानीय तह अन्तगर्तका १ सय ६ सहकारीहरुको अभिलेख हस्तान्तरण गरिएको छ। जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्कीले सहकारीको अभिलेख ९ वटै स्थानीय तह प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतलाई अभिलेख हस्तान्तरण गरे।

जसअनुसार दार्चुलाको महाकाली नगरपालीकालाई १४ ओटा र शैल्यशिखर नगरपालीकालाई १७ ओटा सहकारीहरुको अभिलेख हस्तानान्तरण गरीएको छ । यस्तै मालीकार्जुन १५ ओटा, लेकम १२, अपिहिमाल ४, मार्मा ९, नौगाड १०, दुहु १३ र ब्यास गाउँपालीका अन्तर्गत पर्ने १२ वटा सहकारीको अभिलेख हस्तान्तरण गरिएको छ । जिल्लामा रहेका बाँकी २३ ओटा सहकारी संस्थाहरु दुई वा दुई भन्दा बढी स्थानिय तहमा कार्यरत रहेको कारण प्रदेश सरकार अन्तरगत रहने जिल्ला सहकारी संघ दार्चुलाका अध्यक्ष धनराज जोशीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस