सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको केआईसिंह गाउँपालिकामा करेन्ट लागेर एक किशोरिको मृत्यु

२०७५ भदौ ५, ०६:०८

डोटीको केआईसिह गाउँपालिकामा करेन्ट लागेर एक किशोरिको मृत्यु भएको छ । मृत्यु हुनेमा केआईसिह गाउँपालिका वडा नं ५   सल्ले भुलकी छोरी  १७ बर्षिया गंगाकुमारी भुल रहेकी छिन ।  मंगलबार विहान रुखको घासकाट्ने क्रममा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  शव लाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिलगढी पठाई सकेको प्रहरीले जनाएको छ ।  डोटी मा बिद्युतको लापरवाहिका कारण करेन्ट लागि मृत्युहुनेको संख्या दिननुदिन बढ्दै जादा समेत सम्वन्धित निकायको ध्यान अझै जान सकेको छैन । 
 

कमेन्ट लोड गर्नुस