सुदूर नेपाललाई विश्वसँग जोड्दै

पानीको हाहाकार भएपछि पहाडको टुप्पामा बोरिङ गाडिदै

पानीको हाहाकारले काकाकुल 

२०७५ जेठ २२, ०६:३५

डडेल्धुराको अमरगढी नगरपालिकामा पानीको हाहाकार भएपछि पहाडको टुप्पामा बोरिङ गाड्न सुरु गरिएको छ । उग्रतारा मन्दिर परिसरमा डिप बोरिङ गाडेर जिल्ला सदरमुकाममा पानीको आपुर्ति गर्ने तयारी भईरहेको हो । उच्चाकोटी ड्रिलिङ्ग ट्युववेल कम्पनी प्रालिले झण्डै ३६ लाखमा ठेक्का पाएकोमा अहिले वोरिङ गाड्न सुरु गरिएको हो ।

पानीको श्रोत पत्ता लागिसकेको र अवको एक हप्ताभित्रै निर्माण सक्ने योजना राखिएको छ । गर्मी मौसम सुरु भएसंगै पानीका मुहान सुक्न थालेपछि जिल्ला सदरमुकाम बागबजार सहित अमरगढी नगरपालिका क्षेत्रमा पानीको हाहाकार भएको थियो । पानीको हाहाकार भएपछि अमरगढी नगर पालिकाकाले आगालागी नियन्त्रणका लागि खरिद गरेको दमकलले पानीको आपूर्ति गर्दै आएको छ । पहाडी क्षेत्रमा वोरिङ गाड्ने परिपाटी नभए पनि मुहानहरु सुक्न थालेकाले बोरिङवाट पानी निकाल्न सुरु गरिएको हो । 

कमेन्ट लोड गर्नुस