डडेल्धुरामा ट्रयाक्टर दुर्घटना, एकजनाको मृत्यु
डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान साढे ११ बजे भागेश्वर गाउँपालिका ४ शेराघाट भन्ने ठाउँमा से १ त ९५३२ नम्बरको बालुवा बोकेको ट्याक्टर दुर्घटना हुदा बझाङको थलरा गाउँपालिका ८ का २३ वर्षीय प्रकाश जोशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनमा ट्याक्टर चालक कञ्चनपुरको लालभाडी ३ का शिवराज राना चौधरी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।
घाईते चौधरीको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसक्दा धनगढी ल्याईएको छ। ट्रयाक्टर अनियन्त्रिय भएर पल्टिएको प्रहरीले जनाएको छ।