चैनपुर–ताक्लाकोट सडकमा सुख्खा पहिरो, आवातजावत ठप्प
२०७५ असार ७, ०६:४९
चैनपुर ताक्लाकोट सड्क खण्डको तल्कोट गाँउपालिका १ को बयालधारमा सुख्खा पहिरो जाँदा सडकखण्ड अवरुद्ध भएको छ । फराकीलो सडक कटानका क्रममा माथी बाट पहिरो आएपछि सडक बन्द भएको हो । तल्कोटगाँउपालिका र साईपाल गाँउपालिको एक मात्र सडक खण्डमा पहिरो आएपछी आवतजावत पुर्ण रुपमा बन्द भएको हो । तल सेती नदी र माथी एकदमै भिरै भिर भएकाले अन्य ठाँउबाट पैदल हिड्ने समेत बाटो नभएको स्थानीयको भनाई छ ।
मंगलबार बेलुका डोजरले सडक फराकिलो बनाउने क्रममा सडकको माथी बाट ठूल ठूला ढुङ्गा सहितको पहिरो आएपछि सदरमुकाम चैनपुर बाट जाने यात्रुहरुले बयालधारमा गएर रोकिनु परेको स्थानिय जोगा धामीले बताउनुभयो । पहिरो खोल्नका लागी सडक निर्माणको कम्पनीले पहल गरिरहेको भएपनि जोखिमपूर्ण ठाँउ भएकाले समस्या भएको छ । हावा लागेपनि पहिरो झर्ने भएकाले काम गर्न एकदमै असहज भएको सडकका पेटी ठेकेदार बिर्ख बहादुर थापाले बताए ।
साबिसका चार वटा गाबिस तथा हालको दुई वटा गाँउपालिको प्रमुख बाटो नै बन्द भएपनि आपतकालिन अबस्थामा बाहिरीएकाहरु अलपत्र परेका छन् ।
कमेन्ट लोड गर्नुस