चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु
२०७५ वैशाख १२, ०४:०५
चमेलिया नदीमा तर्ने क्रममा चिप्लिएर एक युवाको मृत्यु भएको छ । बैतडीको डिलासैनी गाउँपालिका–३ पंशेरा भन्ने ठाउँमा चमेलिया नदी तर्ने क्रममा चिप्लिएर नदीमा डुबेर सोही ठाउँका ३० वर्षीय धिरज बोहराको बुधवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव परीक्षणका लागि स्थानीय स्वास्थ्य चौकीमा राखिएको छ ।
कमेन्ट लोड गर्नुस