सुदूर नेपाललाई विश्वसँग जोड्दै

गहना धरौटी राखी ६ किलोमिटर सडक निर्माण

२०७५ जेठ २३, ०२:०४

बझाङको तलकोट गाउँपालिकाका स्थानीयले गहना धरौटी राखेर सडक निर्माण गरेका छन्। श्रीमतिका नाक र कानका गरगहना बैंकमा धरौटी राखी स्थानीयले तलकोटको रुपातोला—तलकोट—खौला सडक खण्ड निर्माण गरी गाडी गुडाएका हुन्। तलकोटी राजा नारायण सिंहले २०६० सालमा सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको थियो। शुरुवाती सडक निर्माण कार्य गर्दा सात तोला सुन बैंकमा धरौटी राखी रजवार नारायण सिंहको नेतृत्वमा निर्माण कार्य शुरु गरिएको स्थानीयको भनाई छ । सडक निर्माण भएपछि आवातजावतमा सहजता हुनुका साथै जनताले घरमै सस्तो मूल्यमा चामल पाएर केही राहत पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस