खोलामा बगेर एक किशोरीको मृत्यु
बैतडीको पुर्चौडी नगरपालिका–७ मा खोलाले वगाएर एक जना किशोरीको मृत्यु भएको हो । सुरेन्द्र बिष्टकी १३ वर्षिया छोरी रिनाको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ । कोटिलीगाड खोलाले बगाएर रीनाको मृत्यु भएको स्थानीय कृष्णप्रसाद बडुले बताए । विद्यालयबाट घर फर्कदा बिहीबार करिब ४ बजे कोटेलीगाड नदी र ऐराडी खोलाको दोभानमा तर्ने क्रममा बगेर उनको मृत्यु भएको हो । गलीनाथ मावि, बडगाउँमा कक्षा ९ मा अध्ययनरत रिनाको करिब पाँच सय मिटर तल शव फेला परेको थियो । नदीको दोभानमा पुल नहुँदा बालबालिकाहरु जोखिम मोलेर तर्न बाध्य भएका छन् ।