सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानेपानीका लागी राति २ बजे सम्म कुुुर्नु पर्ने बाध्यता

२०७४ फाल्गुन २८, ११:२६

पानी खानको लागी राती २ बजे सम्म कुर्नु पर्ने बाध्यता रहेको छ । बझाङ जिल्लाको मष्टा गाँउपालिका कोटदेवल रनाडाका स्थानीय बासीन्दाहरुले खानेपानी खानको लागि धारा नभएको र कुवाको पानी खानु पर्ने , कुवा बाट पानी निकै कम आउने भए पछि राति २÷३ बजे सम्म पानीको कुवामा नै कुर्नु पर्ने बाध्यता आएको हो ।

यो समस्या यहाँका स्थानयिहरुको बर्षौ देखीको हो । झन्डै एक सय भन्दा बढी परीवार रहेको कोटदेवलमा हाल गाँउँ नजीकै रहेको पन्देउ कुवाको पानी स्थानीयहरुले खाँदै आउने गरेका छन् । खानेपनिको समस्या समाधानका लागी तत्कालीन कोटदेवल गाविस बाट र जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु बाट झन्डै २ करोड भन्दा बढी बजेट सक्की सकीएको भए पनि सो लगानि बालुवामा पानी जस्तै भएका स्थानीय कौसिल्ला देवि सिहँले बताईन ।

उनका अनुसार खानेपानीका योजनाहरु तत्कालीन गाविस र वडामा पटक पटक आए पनी दिगो नहुने बताईन। खानेपानी दिगो नहुनुको कारण खानेपानीका पाईप लाईनहरु ब्यावस्थीत नहुनु र उपभोत्ताहरुको पनि कमजोरी भएको सिहँको भनाई छ । आफुहरुले नुहाउनको लागी, गाई, भैसीलाई पानी खुवाउनको लागी १ घन्टा भन्दा टाढा रहेको पातल गाडमा जानु पर्ने सरस्वती माविका शिक्षक आनन्द कुमार सिहँले बताए । उनले विषेश गरेर वृद्ध वद्धाको लागी र एकल महीलाहरुको लागी खानेपानीको निकै समस्या भएको बताए ।

हाल कुवाको पानी ३० मीनेट कुरेको खन्डमा ५ लिटर पानी स्थानीयहरुले भर्ने गरेका छन् । यो २०७२ सालमा रनाडाको लागी मात्रै जिल्ला खानेपानि कार्यलय बाट २६ लाख बराबरको खानेपानीको योजना परेको स्थानीयले बताएका छन् । उक्त योजाना बाट समेत खानेपानीका धारा निर्माण गरीए पनि धारा बाट भने पानी नझरेको उनीहरुको भनाई छ । रनाडाका लागी मात्रै खानेपानि मर्मत भन्दै खानेपानि डिभीजन कार्यलयले २ लाख जती रकम छुट्याईएको जिल्ला खाने पानी कार्यलयले जनाएको छ । रनाडामा खोपानीको चरम अभाव भन्ने कुरा मष्टा गाँउपालिकामा जानकारी भएकाले उक्त समस्या समाधानका लागी पहल गरीने मष्टा गाँउपालीकाका अध्यक्ष कर्ण बहादुर कठायतले बताए ।

कमेन्ट लोड गर्नुस