सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम वन्द गराउन चलखेल सुरु (अडियो रिर्पोट)

२०७५ वैशाख २९, ०२:३८

कैलालीको चार हजार हेक्टर वन क्षेत्रमा लागु गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम बन्द गर्न प्रदेश सरकारले चलखेल सुरु गरेको छ । बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको बाह्र वन क्षेत्रमा अनुगमन गर्दै तत्कालका लागि उक्त कार्यक्रम बन्द गराउने चलखेल सुरु भएको हो । संघीय सरकारका वन मन्त्री शक्ति बस्नेत सहित मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतको टोलीले केही दिन अगाडी वज्ञानिक वन व्यवस्थापन कार्यक्रमको निरीक्षण गरेको थियो । अनाधिकृत रुपमा रुख कटान र पारदर्शी ढंगले श्रोत व्यवस्थापन नभएको दावी गर्दै सो कार्यक्रम बन्द गराउन चलखेल भईरहेको श्रोतले जनाएको छ । 

बैज्ञानिक बन व्यवस्थापन लागु भएपछि तेव्वर बढिले काठ उत्पादन र हजारौ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएपनि प्रदेश सरकार भने सोही कार्यक्रम तत्काल अगाडि नबढाउन चलखेल गरिरहेको हो । वैज्ञानिक वन व्यवस्थापनको उद्येश्यवारे स्पष्ट नभएर बन्द गराउने चलखेल भईरहेको बताउदै सामुदायिक बन उपभोक्ता महासंघ कैलालीका सचिव डण्डीराज सुवेदीले बताए । कैलाली जिल्लामा वाह्र बन क्षेत्र सहित अन्य १० वटा सामुदायीक बनमा पनि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएपछि वाह्र वनबाट मात्रै वार्षिक ९ करोड आम्दानी भईरहेको छ ।

वैज्ञानिक वन व्यवस्थापन मार्फत भईरहेको आम्दानीको पारदर्शीतावारे प्रदेश सरकारले प्रश्न पनि उठाएको छ । संघीय संरचनामा मुलुक गई प्राकृति साधन स्रोतको बाँडफाँट तीनै तहको सरकारसँग हुने व्यवस्था भएपनि सो विषय प्रस्ट नभएकाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम बन्द गराउन चलखेल भएको आरोप पनि लागेको छ । जिल्ला वन कार्यालय कैलालीका प्रमुख नवराज काफ्लेले भने ठुलो मेहनतपछि सुरु भएको कार्यक्रम बन्द गराए दुर्भाग्य हुने बताए । प्रदेश नम्वर १ मा मुख्यमन्त्री शेरधर राईको निर्देशनमा मोरङ र सुनसरीमा लागु गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम बन्द गरिएको थियो ।

सोही प्रदेशको सिको ७ नम्वर प्रदेश सरकारले पनि गर्न खोजेको छ । तर दुवै जिल्लामा वैज्ञानिक वन व्यवस्थापन कार्य सुचारु गर्न वन विभागले निर्देशन दिईसकेको कुराको भने हेक्का राखिएको छैन् । पहिले नै लागु हुन पर्ने कार्यक्रम बल्ल आएर लागु गरिए पनि कार्यक्रमलाई प्रभावकारी बनाउनको सट्टा बन्द नै गर्ने प्रदेश सरकारको कसरतको आलोचना पनि हुन थालेको छ । वन मन्त्री मायाँ भट्टले भने तत्कालै बन्द गराउने विषयमा कुनै निर्णय नभएको बताईन् । 

कैलालीमा २०६८ सालदेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको थियो । सालको रूखको आयु ८० वर्ष मानेर सामुदायिक वनलाई ८० भागमा विभाजन गरी व्यवस्थापन भईरहेको छ । बैज्ञानीक बन व्यवस्थापन मार्फत आन्तरीक आम्दानी बढ्ने र रोजगारीका सम्भावना पनि बढ्दै गएका छन् । वैज्ञानिक वन व्यवस्थापनमा बुढा रुख काट्ने मात्रै होईन संगसंगै नयाँ रुख उतपादन हुने कुराको समेत हेक्का राख्न आवश्यक छ । तर मुख्यमन्त्री त्रिलोचन भट्टले भने वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका फाईदा, वेफाईदा बारे छलफल मात्रै भएको बताए । 

कमेन्ट लोड गर्नुस