सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले दुई तिहाई वजेट सामाजिक सुरक्षा र तलवभत्तामै सिध्यायो (भिडियो रिर्पोट)

२०७४ चैत्र २९, ०७:५०

स्थानीय तहमा जन प्रतिनिधि आएपछि विकास निर्माणले गतिलिने आशा गरिएका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिकाको विकास बजेट खर्चको अवस्था भने दईनीय देखिएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रकमको एक तिहाई रकम खर्च भएको छ । त्यसमा विकास निर्माणमा भने निकै कम मात्रै खर्च भएको छ । १९ करोड २ लाख बजेट खर्च गरिएकोमा ४ करोड १३ लाख मात्रै विकास निर्माणमा खर्च भएको छ । त्यसकै हाराहारीमा सामाजिक सुरक्षा र त्यसको दोव्वर वढी रकम तलव भत्तामा सकिएको छ । 

२० वर्षपछि जन प्रतिनिधि पाएर विकासको लहर छाउने आशा जनतामा रहेका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिकाले जन चाहना अनुसार विकास निर्माणको काम गर्न नसकेको हो । नगरपालिकाको कुल वजेट ५७ करोड ६२ लाख ८५ हजारमध्ये चालु आर्थिक वर्षको नौ महिना सकिँदा १९ करोड २ लाख बजेट खर्च गरिएको छ । तर त्यसको दुई तिहाई सामाजिक सुरक्षा र तलव भत्तामा सकिदा विकास वजेट खर्चको अवस्था दईनीय छ ।

खर्च भएको रकममध्ये सवैभन्दा वढी तलव भत्तामा७ करोड ५५ लाख खर्चिएको छ भने सामाजिक सुरक्षामा ४ करोड ७० लाख खर्च भएको छ । पोशाकमा पौने चार लाख खर्च हुँदा पदाधिकारीहरुको वैठक भत्तामा १५ लाख रकम सिद्धिएको कृष्णपुर नगरपालिकाका लेखापाल चेतवहादुर खत्रीले वताए । 

नगरपालिकाको कुल वजेट ५७ करोड ६२ लाख ८५ हजारमध्ये विकास वजेट ४६ करोड ७२ लाख रहेको छ । त्यसमा आर्थिक वर्ष सकिन तीन महिना वाँकी रहँदा ४ करोड १३ लाख मात्रै खर्च भएको छ । झण्डै ४२ करोड ५९ लाख विकास निर्माणको वजेट अहिले पनि खातामै थन्किएको छ । विकास वजेटको ठुलो हिस्सा खर्च गरेर स्थानीय स्तरमा विकास निर्माणका

कामहरुलाई तिव्रता दिनुपर्ने नगरवासीहरुले विकासको मुल फुटेको अनुभुती गर्न सकेका छैनन् । विकास निर्माणका कामहरु अगाडी वढाउनुको सट्टा सेवा सुविधा र तलवभत्ता वाड्नमै कृष्णपुर नगरपालिका वढी सक्रिय भएको वजेटको खर्च विवरणमा पनि देखिएको छ । तर कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमाल भने विकासका कामहरु भईरहेको र निकासा हुन वाँकी रहेको दावी गर्छन् । 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिने जनताले आशा गरेका वेला जनताको आशा अनुसार स्थानीय तहहरुले काम गर्न सकेका छैनन । जनचाहना अनुसार विकास निर्माणका कामहरु हुन नसक्दा जन प्रतिनिधिहरु प्रति पनि जनताको निराशा वढ्दै गएको छ । 
 

कमेन्ट लोड गर्नुस