सुदूर नेपाललाई विश्वसँग जोड्दै

अव दिनेश खवर दैनिक पनि प्रकाशनको तयारी

२०७५ वैशाख २१, ०३:३९

दिनेश एफएम र दिनेश खवर डट कम सञ्चालन गरिरहेको दिनेश मिडिया हाउसले अव दैनिक पत्रिका पनि प्रकाशन गर्ने तयारी थालेको छ । दिनेश सञ्चार गृह प्रा. लि. अन्तर्गत आठ पेजको रंगीन पत्रिका प्रकाशनका लागि तयारी सुरु गरेको हो । दिनेश खवर दैनिक प्रकाशनका लागि आज जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता गरिएको छ । दिनेश मिडिया हाउसले दिनेश खवर दैनिक दर्ता गर्नमा सहयोग गर्ने सवैलाई धन्यवाद दिएको छ । वडा कार्यालय जिल्ला प्रशासन कार्यालय लगायत दैनिक दर्ता गर्नका लागि सहयोग गर्ने सवैलाई दिनेश सञ्चार गृह प्रा. लि.ले आभार व्यक्त गरेको छ । 
 

कमेन्ट लोड गर्नुस