सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव

२०७४ फाल्गुन १६, १०:४३

दार्चुलाको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ ।
अहिले लगाइएको गहुँ र जौ बाली खेतमै सुकेपछि झनै खाद्यान्न अभाव भएको हो ।
नेपाल खाद्य संस्थानले ढुवानी गरेको चामल सकिएको अपि हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।
गाउँपालिकाले अहिले १० हजार क्वीन्टल खाद्यान्न माग गरेको छ ।
नेपाल खाद्य संस्थानको केन्द्रीय कार्यालयलाई चामल ढुवानीको लागि पत्रचार गरिएको अध्यक्ष मन्यालले बताउनुभयो ।

कमेन्ट लोड गर्नुस