सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनुमति लिएर मात्रै सिसिटिभी 

२०७५ वैशाख ७, १०:५५

जिल्ला प्रशासन कार्यालय बैतडीले अनुमति लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ। यसअघि अनुमति नलिएर सिसिटिभी जडान गरेकालाई समेत जिल्ला प्रसासन कार्यालयको अनुमति लिन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारी बढाउने प्रयोजनका लागि सिसिटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालनसम्बन्धी कार्य्विधि, २०७२ स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकाले यस्तो आग्रह गरिएको हो। सिसिटिभी जडान तथा कार्य्विधि, २०७२ अनुसार सार्वजनिक निकायले गृह मन्त्रालयमा प्रयोजन खुलाई व्यापारिक केन्द्र, निजी प्रयोगकर्ताले पनि जिल्ला प्रसासनवाट अनुमति लिनुपर्ने जनाएको छ। कुनै पनि व्यक्ति, व्यापारिक केन्द्र, संघ संस्थाले हालसम्म पनि जिल्ला प्रशासन कार्यालय बैतडीबाट अनुमति लिएका छैनन्।
रासस
 

कमेन्ट लोड गर्नुस