सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाईव्रेड भनेर गुणस्तरहीन भारतीय धानको विउको विक्री हुँदै (अडियो रिर्पोट सहित)

अभावको मौकामा मनोमानी मुल्य लिईदा पनि नियमनकारी निकाय मौन

२०७५ जेठ १४, ०१:०१

यतिवेला धानको विउ राख्नका लागि कैलालीका किसानहरुलाई भ्याई नभ्याई भईरहेको छ । उनीहरु विउका लागि विभिन्न एग्रोभेटहरुमा धाईरहेका छन । तर उनीहरुले उन्नत जातका धानका विउ पाउन नसकेको अवस्थामा पाईएका विउ पनि नेपालमा सुचिकृत नभएका विउहरुको पनि विक्री वितरण भईरहेको छ । तर धानको विउको अभाव भएको मौकामा मनोमानी मुल्य लिने गरिएको  पाईएको छ । यसलाई नियन्त्रण  गर्ने नियमनकारी निकाय भने मौन वसेका छन । कैलालीका किसानहरुलाई धनको बिउ राख्ने चटारो चलिरहेका वेला उनीहरु बिउ राख्ने समय आफुलाई चाहिने बिउ नपाउँदा चिन्तित बनेका छन् । माग अनुसारको बिउ नपाउँदा कृषकहरु भारतबाट धानको बिउ किन्न बाध्य भएका छन् भने केहीले नचाहेरै पनि बजारमा पाइने धानको बिउँ राख्न बाध्य छन् । नेपालमा सुचिकृत नगरेका गुणस्तरहीन धानको विउ विक्री वितरण वढेपछि  किसानहरुले चाहेको र राम्रो उत्पादन दिने विउ नपाउँदा यसले उत्पादनमा ठुलो असर पर्ने देखिएको धनगढी तारानगरका किसान कर्णवहादुर ऐरले वताए । 

अहिले बजारमा सर्जु हल्दिनाथ लगायतका धानका बिउ पाउन निकै मुस्किल भईरहेको छ । बजारमा माग अनुसारको धानको बिउ नपाएपछि भारतबाट ल्याईएका भनिएका बिउ किन्न किसानहरु वाध्य भईरहेकाछन । तर उन्नत भनिएका धानको विउले राम्रो उत्पादन दिन नसक्ने अवस्था रहेकोले किसानहरुलाई  यसले पिरोलेको छ । कैलालीमा करिब ७२ हजार हेक्टर जमिनमा धान खेती हुने गरेकोमा त्यसका लागि ४ हजार मेट्रिक टन धानको बिउ आवश्यक रहने गरेको छ । तर आवश्यक विउ वजारमा नआउँदा भारतवाट ल्याईएका  विउहरु महँगो मुल्यमा विक्री भईरहेको छ । तोकिएकोभन्दा दोव्वर तेव्वर वढी मुल्यमा धानको विउ  किन्नुपर्ने वाध्यकारी अवस्थामा किसानहरु रहेका छन । 

कृषकहरुले बजारमा माग अनुसारको धानको बिउ नपाउँदा किसानहरु  भारतबाट ल्याईएको बिउ राख्ने तयारीमा रहेका छन । एग्रोभेटहरुले उन्नत भनिएका भारतीय विउले उत्पादन घट्ने स्थिति सिर्जना हुने आशंका किसानहरुमा पनि रहेको छ । हाल बजारमा सुख्खा एक, सुख्खा २, सुख्खा ३ राम धान र लोकतन्त्र लगायतका धानको बिउ पाइरहेको छ । तर, कृषकहरुले भने सर्जु हल्दिनाथ लगायतका धानहरुको माग बढी गरेका छन् । धानको बीउमा व्यापक रुपमा कालोबजारी भइरहँदा पनि  नियमनकारी  निकायहरु भने  मौन रहेका छन । तर जिल्ला कृषि विकासकार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज  जोशी भारतवाट ल्याईएका विउ  विक्री वितरण गर्नेलाई कारवाही गरिने वताउँछन। धानका विउ हाईव्रिड नभए पनि हाईव्रिडको मूल्यमा वजारमा विक्री वितरण भईरहँदा किसानहरु ठगिरहेका छन । यसले कृषि  उत्पादनमा असर पार्नुका साथै सवैको खाद्य अधिकारमा पनि समस्या ल्याउने देखिएको छ । 

अडियो सुन्नुहोस् 

कमेन्ट लोड गर्नुस