सामुदायिक बनद्वारा बाख्रा वितरण
कैलालीको गौरीगंगा नगरपालिकामा रहेको शिवगंगा सामुदायिक बन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई बाख्रा बितरण गरेको छ । विपन्न बर्गको आय आर्जन मार्फत जीवनस्तर उकास्नका लागि एक घर एक बाख्रा अभियान अन्तर्गत बाख्रा वितरण गरिएको हो । शिवगंगा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र मल्लले समुदायमा आर्थिक अवस्था कम्जोर भएका सबै उपभोक्ताको जीवनस्तर माथि उकास्न २३ वटा बाख्रा वितरण गरेको बताए ।