सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि बिमा कार्यक्रमप्रति कैलालीमा किसानको आकर्षण वढ्न सकेन्

२०७५ साउन १२, ०६:५३

सरकारले सञ्चालन गरेको कृषि बिमा कार्यक्रम प्रती कैलालीमा किसानको आकर्षण बढ्न सकेको छैन् । किसानलाई थप सुविधा दिने उद्देश्यले सरकारले २०६९ सालबाट सुरु गरेको कृषि बिमा कार्यक्रम २०७२ सालदेखी कैलालीमा लागु भएको ३ वर्ष बित्दा समेत यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो ।  

कार्यक्रम लागु भएको ३ वर्ष सम्म कैलालीका १ सय ४ जना किसानले मात्र बाली बिमा गरेका छन् । जिल्लामा आलु खेती, मसुरो खेती,  तरकारी बाली, उखु बाली र मेवा खेती गर्ने १ सय ४ जना किसानले १ सय ९१ हेक्टर क्षेत्रफलको मात्र बाली बिमा गरेको राष्ट्रिय बिमा कम्पनी धनगढी शाखाका कृषि तथा पशु प्राविधिक डम्बर ओझाले बताए । 
कृषि बिमा गर्दा २५ प्रतिशत शुल्क किसान र ७५ प्रतिशत सरकारले तिर्ने व्यवस्था छ । देशलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले कृषि बीमा मार्फत किसानहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न खोजेपनि कैलालीमा भने कार्यक्रम प्रभावकारी हुन सकेको छैन् । कृषि बिमा कार्यक्रम राम्रो भएपनि सरकारी धेरै किसान यस बारेमा अनभिज्ञ रहेका छन् । 
विगतमा साविकका जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयले कृषि बिमा कार्यक्रममा सहयोगी भूमीका खेल्दै आएकोमा दुवै नीकाय अहिले स्थानीय तह मातहत गईसकेका छन् । त्यसकारण अब कृषि बिमाको फायदा र महत्व बारे किसानलाई स्थानीय तहहरुले बुझाउन सक्नुपर्ने राष्ट्रिय बिमा कम्पनीका कृषि तथा पशु प्राविधिक डम्बर ओझाको भनाई छ । 
किसानले लगाएको बाली र पालेका पशुको बीमा गरे कृषिमा लगानी बढ्ने सम्भावना रहन्छ भने आगलागी, चट्याङ, बाढी पहिरो, हिउँ, असिना र तुसारो लगायतका प्राकृतिक प्रकोपले बाली तथा पशुपंक्षीमा क्षति पु¥याएमा बिमाङ्क रकमको ९० प्रतिशत क्षतिपूर्ती पाईन्छ ।

तर कृषि बिमाको आधारभुत ज्ञान किसानसम्म पु¥याउने जिम्मेवारी पाएको स्थानीय सरकारहरुले अब यसको प्रचार प्रसारमा विशेष ध्यान दिनुपर्ने आग्रह गरिएको छ । 
 

कमेन्ट लोड गर्नुस