मानसरोवर जानका लागि तल्कोट–हिल्चा हेलिकप्टर सञ्चालनको तयारी (कुराकानी सहित)
असार २२ र २३ गते परीक्षण उडान हुदैं
मानसरोवर जानका लागि बझाङको तल्कोट हुँदै हुम्लाको हिल्चासम्म हेलिकप्टर सेवा सञ्चालनको तयारी गरिएको छ । मान सरोवार जाने सवैभन्दा छोटो दुरी हुन भएकाले हेलिकप्टर सेवा सञ्चालनको तयारी थालिएको हो । कैलाश सेती टुर एण्ड ट्रार्भल्स सञ्चालन गरिरहेका वझाङको तल्कोटका स्थानीय वासिन्दा नारायणवहादुर सिंह र उनका छोरा किशोर सिंहले हेलिकप्टर सेवा सञ्चालनको तयारी गरेका हुन् । असार २२ र २३ गते परीक्षण उडानको तयारी भएको छ । अल्टिच्युट एयरलाईन्सको हेलिकप्टर मार्फत परिक्षण उडान हुन लागेको हो । धार्मिक तिर्थयात्रीको आस्थाको केन्द्रका रुपमा रहेको मानसरोवर जानका लागि बझाङाब १८ मिनेटको हवाई यात्राको दुरीमा हिच्चमा पुग्न सकिनेछ ।