सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्वर सातमा धान खेतीका लागि मलको अभाव (भिडियो सहित)

२०७५ भदौ ८, ०७:०८

प्रदेश नम्वर सातमा धान खेतीका लागि मलको माग बढेका बेला रशायनिक मलको अभाव भएको छ । अघिल्ला वर्षहरुमा पनि मलको अभाव झेल्दै आएका किसानहरु यसपाली पनि धानमा मल हाल्ने समयमा उस्तै समस्या भोग्दै आएका छन् । सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात निकै कम हुँदा अभाव सिर्जना भएको हो । 
प्रदेश नम्बर ७ मा आवश्यक पर्ने मलको दुई तिहाई वढी रसायनिक मल विक्री वितरण गर्दै आएको कृषि सामाग्री कम्पनी लिमिटेड र एक तिहाई विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडसँग माग अनुसारको रसायनिक मल नहुँदा अभाव भएको हो । धान खेतीका लागि मल चाहिने हुँदा किसानहरुको माग वढ्दै जाँदा न्युन मौज्दात भएका कारण अघिल्ला वर्ष जस्तै यस वर्षमा मल अभावको समस्या समाधान हुन नसकेको हो । कृषि सामाग्री कम्पनी लिमिटेडसंग कैलाली कञ्चनपुरमा वितरणका लागि शुन्य मौज्दात मल रहँदा पहाडी क्षेत्रका लागि १८ मेट्रिक टन युरीया आएको छ । डिएपी २ सय ४६ मेट्रिक टन र पोटास १ सय ६१ मेट्रिक  टन कृषि सामाग्रीमा मौज्दात रहेको छ । सामाग्रीले प्रदेश सातका लागि आएको १४६ मेट्रिक टन डिएपी, ८६१ मेट्रिक टन युरिया र ४ मेट्रिक टन पोटास वितरण गरिसकेपछि निमित्त प्रमुख प्रमिला अधिकारीले बताईन् । 

प्रदेश नम्बर ७ मा आवश्यक ४० हजार मेट्रिक टन रसायनिक मलको ७० प्रतिशत कृषि सामाग्रीले वितरण गर्दै आएको छ भने ३० प्रतिशत साल्ट ट्रेडिङले वितरण गर्दै आएको छ । यता साल्ट ट्रेडिङले आएको मलवाट अहिलेसम्म २ हजार ६ सय ८२ मेट्रिक टन युरीया, ६ सय ९७ मेट्रिक टन डिएपी र ७४ मेट्रिक टन पोटास वितरण गरिसकेको छ । साल्ट टे«डिङसँग युरीया नहुँदा एक हजार २ सय ६२ मेट्रिक टन डिएपी र ४३ मेट्रिक टन पोटास मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशन अञ्चल कार्यालयका प्रमुख केशवप्रसाद पाण्डेयले बताए । 
कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले सहकारी मार्फत रसायनिक मल वितरण गर्दै आएका छन् । किसानहरु दैनिक मल वितरण गर्दै आएका सहकारीको कार्यालय पुगेर रित्तै फर्किरहेका छन । मल अभाव हुँदा यस वर्ष धानको उत्पादन घट्ने भन्दै उनीहरु चिन्तित बनेका हुन । देशमा नयाँ व्यवस्था आएपनि किसानकोे अवस्था र सुविधामा कुनै परिवर्तन नआएको कैलालीको लम्की चुहा नगरपालिका ७ का लोकबहादुर बलमे बताए । 
सहकारी संस्था मार्फत बिक्री हुने अनुदानको मल कृषकले नपाएपछि महंगोमा मल खरिद गर्नुपर्ने र भारतमा लुकीछिपी मल ल्याउनुपर्ने अवस्था श्रृजना भएको छ  । कृषिबाट आर्थिक समृद्धि सम्भव छ भन्दै भाषण गर्ने नेताहरुको नारा किसानलाई मल अभाव हअुन नदिने हुन्छ तर व्यवस्था वदलिँदा पनि किसानको अवस्था भने फेरिन सकेको छैन । 

कमेन्ट लोड गर्नुस