धान दिवसमा प्रदेश ७ का मन्त्रीहरुलाई धान रोप्न भ्याई–नभ्याई
२०७५ असार १५, ११:०५
आज असार १५ अर्थात् धान दिवस । देशभर धान रोपेर मनाइँदैछ । प्रदेश नम्वर ७ का मन्त्रीहरु पनि आज रोपाई गर्नमा व्यस्त देखिएका छन् । धान दिवसको अवसरमा गौरीगंगा नगरपालिकाले पनि रोपाइ कार्यक्रमको आयोजना गरेको छ । सामाजिक विकास मन्त्री दिर्घ सोडारी र अर्थ मन्त्री झपट बोहरा पनि धान रोपीरहेका छन् ।
यस्तै प्रदेश ७ को कृषि मन्त्रालयको आयोजनामा कैलारी गाउपालिकामा पनि धान दिवस विशेष कार्यक्रमको आयोजना गरिएको छ । सो क्षेत्रमा पनि मन्त्रीहरु हलो जोत्दै धान रोपिरहेका छन् । वर्ष भरि एसी कोठामा बस्ने, सुविधा सम्पन्न गाडी चढ्ने मन्त्रीहरु आज धान रोप्न खेतमा पुगेपछि सामाजिक सञ्चाजलमा निकै आलोचना भएको छ ।
फेसवुकमा पुष्पराज जोशीले बर्षेनी देशमा अर्बौंको चालम आयात भईरहेको बेला बर्षको एक दिन धान रोप्न जाने मन्त्रीहरुले नाकट मञ्चन मात्रै गरेको आरोप लगाएका छन् । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुगाउनका लागि कृषि नितिमा सुधार ल्याउनको सट्टा एक दिन धान रोपेर नाटक मञ्चन गरिएको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताको छ ।
कमेन्ट लोड गर्नुस