सुदूर नेपाललाई विश्वसँग जोड्दै

धानलाई रोग किराबाट जोगाउन उचित स्याहार सुसार र आवश्यक मात्रामा विषादीको प्रयोग गर्न सुझाव

२०७५ साउन ५, १०:१५

कैलाली र कञ्चनपुरका केही किसान बाहेक अधिकांशले रोपाई गरिसकेका छन् । रोपाई सकिएसँगै किसानहरुले खेतबारीको दैनिक कामबाट केही समयका लागि मुक्ती पाएपनि, बालीको हेरचाह र गोडमेल भने धान पाक्ने बेला सम्म गरिरहनुपर्छ। 
धान बालीमा विभिन्न कारणले लाग्ने रोग र किराको प्रकोपका कारण किसानहरु लगानी अनुसारको प्रतिफल पाउन सक्दैनन्। धानबालीमा लाग्ने विभिन्न रोग मध्ये खैरा रोग पनि एक हो। जीन नामक खाद्य तत्वको अभावमा विशेषगरी तराईका जिल्लामा यो रोगको संक्रणम बढि देखिन्छ। 
यस्तै गबारो र ढुसिजन्य रोगले पनि धानबालीलाई ठुलो क्षती गर्ने सम्भावना रहन्छ भने यी बाहेक विभिन्न किराको प्रकोप पनि बालीमा देखा पर्छ। लम्की चुहा नगरपालिकाका वाली संरक्षण अधिकृत कोमल शाहीले धानमा खैरा, गबरो लगायतका ढुसिजन्य रोगको संक्रमणको खतरा हुने बताए। धेरै किसानले धानको उत्पादकत्व बढाउने लोभले बालीमा युरिया मलको समेत प्रयोग गर्दै आएका छन्। 
तर धानको आवश्यता अनुसार युरिया मलको मात्रा नमिलेमा त्यसले पनि रोगको जोखिम निम्ताउछ। तर धेरै किसानहरुलाई धानमा रोगको संक्रमण फैलिएको कुरा ज्ञान छिट्टै नहुन सक्छ। बालीमा किरा र रोगको संक्रमण भए÷नभएको बारेमा कसरी थाहा पाउन दैनिक हेरचाह गर्ने र वोट पहिलो हुन थालेपछि नमुना लगेर कृषि विज्ञलाई देखाउन वाली विकास अधिकृत शाहीले सुझाव दिए। 
बालीमा रोगको संक्रमण फैलिनै नदिन नियमित हेरचाह, आवश्यकता अनुसार मल र पानी दिने तथा गोडमेल गर्नुपर्छ। यदि संक्रमण भएमा पनि तत्काल त्यसको निदान गर्न सकिएमा बालीलाई केही जोगाउन सकिने विज्ञहरुको सुझाव छ। 
            
 

कमेन्ट लोड गर्नुस