धनगढी विमानस्थलको स्तरोन्नती छिटो हुन्छः पर्यटन मन्त्री अधिकारी (भिडियो सहित)
नागरिक उडड्यनतथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले धनगढी विमानस्थललाई स्तरोन्नति गर्दै क्षेत्रीय र अन्तराष्ट्रिय विमानस्थल वताउन लागिरहेको वताएकाछन । धनगढी विमानस्थजलको स्रोन्नततिका विषयमा भएको छलफलमा उनले यस्तो वताएका हुन् । आईतवार धनगढीमा हुने प्रदेश नम्वर ७ को पर्यटन विकास सम्वन्धी कार्यक्रममा सहभागी हुन आएका मन्त्री अधिकारीले धनगढी विमानस्थलमा आयोजना गरिएको कार्यक्रममा विमानस्थललाई स्तरोन्नति गर्दै आवश्यक पुर्वाधार थप गर्ने वताए ।
लामो समयदेखि जग्गा अधिग्रहणमा भईरहेको ढिलाईले स्तरोन्नतिको काम अगाडी वढ्न नसकेकोमा अवको एक वर्षभित्र रात्रीकालीन उपकरण जडानको काम सम्पन्न हुने उनले वताए । वमानस्थलको गुरुयोजना निर्माणको काम सुरु भईसकेकोले अव त्यका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि रोक्का गर्दै अतराष्ट्रिय विमानस्थल वनाउनका लागि काम गर्नुपर्नेमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले जोड दिए ।