सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भ्यु टावर सहितको मोडेल टाउन निर्माणको प्रक्रिया अन्तिम चरणमा (भिडियो सहित)

अवको दुई महिनाभित्र आवश्यक पुर्व तयारीको काम सम्पन्न गर्ने लक्ष्य

२०७५ असार ३२, ०१:१४

धनगढीमा सवा अर्व वढीको लगानीमा भ्युटावर सहितको मोडेल टाउन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । न्यूआईटी भेन्चरले निर्माण गर्ने मोडेल टाउन निर्माणका लागि आवश्यक तयारी गर्न एक टोली धनगढी पुगेर आज फर्किएको छ । टोलीले प्रारम्भिक अध्ययन लगायतका तयारी सकेर आज फर्किएको हो । अवको एक महिना भित्र स्थानको टुंङगो लगाउँदै माटो परिक्षण गरेर निर्माण अघि आवश्यक सवै प्रक्रिया पुरा गर्ने लक्ष्य न्यु आईटी भेन्चरले जनाएको छ । आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भुवन भट्ट सहितका गैर आवासिय नेपालीहरुको लगानी रहेको न्युआईटी भेन्चरले धनगढीमा अत्याधुनिक सुविधायुक्त भ्यु टावर सहितको मोडेल टाउन निर्माणको प्रक्रिया अगाडी वढिरहेको छ । त्यसका लागि न्यूआईटी भेन्चरको टोली प्रारम्भिक अध्ययन सकेर सोमवार फर्किएको छ । फर्किनु अघि दिनेश खवरलाई प्रतिक्रिया दिदै न्यूआईटी भेन्चरका संस्थापक तथा सिईओ दिपक अधिकारीले स्थान छनोट गरेर माटो परिक्षणको काम वाँकी रहेपनि अन्य प्रक्रिया अन्तिम चरणमा पुगेको वताए । 

सार्वजनिक निजि साझेदारी अवधारण अनुसार निर्माण गरिने मोडेल भवन स्मार्ट सिटी वनाउने कामको एउटा खुट्किलो भएकोले यसका लागि आवश्यक सहयोग गर्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ । न्यु आईटी भेन्चर सहित गैर आवासीय नेपाली, उपमहानगरपालिका र यसक्षेत्रका व्यवसायीहरुलाई शेयर दिएर सो मोडेल भवन निर्माणको प्रक्रिया अगाडी वढ्नेछ । त्यसका लागि आवश्यक पुर्व तयारीहरु एक महिनाभित्र सम्पन्न गरेर भवन निर्माणको कामका लागि वाटो खोल्ने गरी काम गरिरहेको धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडले वताए । आईटी भेन्चरले धनगढीमा सवा एक अर्वको लगानीमा झण्डै २ बिगाहाको क्षेत्रफलमा निर्माणको योजना वनाएको छ । यो टाउन ९ ताले र ७ ताले ९ वटा भवनमा निर्माण गरिने छ जहाँ ९ तले भवनको माथि धनगढी नगरहेर्न सकिने भ्यू टावर समेत निर्माण गरिनेछ । पहिलो ९ ताले भवनमा ब्रान्डेड सोरुम, होटेल, फिटनेस सेन्टर र भ्यूटावर हुनेछ भने दोश्रो ७ ताले भवनमा परम्ंपरागत प्रविधी, बिज्ञान ल्याव, आवश्यकीय कार्यालय र सेमिनार हल निर्माण गरिने आईटी भेन्चरका सिईओ अधिकारीले जानकारी दिए ।

मोडेल टाउन निर्माणको कार्य २ बर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । यस विषयमा न्यूआईटी भेन्चरका पदाधिकारी स्मार्ट सिटी समन्वय समिति बिच छलफल गरेर सोमवार फर्किएका छन । यो कम्पनीले सुचना प्रविधिको क्षेत्रमा काम गरिरहेको छ । यो कम्पनीलाई जापानमा रहेका प्रवासी नेपालीहरुले सञ्चालन गरिरहेका छन । 
 

कमेन्ट लोड गर्नुस