जन प्रतिनिधिहरुद्धारा संघीय र प्रदेश सरकारसँग माग गरिरहेको आश्वासन (अडियो रिर्पोट सहित)
कैलालीमा पशु अस्पताल राख्नुपर्ने माग
प्रदेश नम्वर ७ को मागको ६० प्रतिशतभन्दा पनि वढी पशुजन्य उत्पादन धानिरहेको कैलालीमा भेटिनरी डिभिजन कार्यालय स्थापनाका लागि पहल गरिरहेको जन प्रतिनिधिहरुले वताएका छन । नौ जिल्लालाई सेवा पुराउने गरी स्थापना हुने भेटिनरी डिभिजन कार्यालय कैलालीमा नराखिने भएपछि किसान र उद्यमीहरु त्यसको माग गर्दै विभिन्न निकायहरु धाईरहेका वेला जनप्रतिनिधिहरुले पनि त्यसका लागि पहल गरिरहेको वताएका हुन् । स्थानीय तहदेखि संघीय र प्रदेश सरकारका जन प्रतिनिधिहरुले कैलालीमा विशेषज्ञ सेवा सहितको पशु अस्पता स्थापनाका लागि सरकारसँग माग गरिरहेको आश्वासन दिएका हुन् । उनीहरुले त्यस विषयमा आवाज उठाउँदै कैलालीमा स्थापनाका लागि लाग्ने प्रतिवद्धता जनाएका छन ।
संघीय संरचना अनुसार जिल्ला पशुसेवा कार्यालय हटेर आगामी साउनदेखि सञ्चालनमा आउन लागेको भेटिनरी डिभिजन कार्यालय जुनसुकै हालतमा स्थापना हुनुपर्ने माग किसान र उद्यमीले माग गरिररहेका वेला यसक्षेत्रका जन प्रतिनिधिहरु पनि त्यसको पक्षमा देखिएका हुन् । स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यहरुले कैलालीमा पशु अस्पतालका लागि लागिरहेको र त्यसका लागि पहल गरिरहेको वताएका छन । संघीय सरकारका मन्त्री र कार्यवहाक प्रधानमन्त्रीलाई यस विषयमा जानकारी गराईएको र प्रधानमन्त्री चिनवाट त्यसको लागि ठोस निर्णय गरिने कैलाली क्षेत्र नम्वर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाले वताए ।
दुग्धजन्य पदार्थ, पशुजन्य पदार्थ, मासुजन्य पदार्थ लगायतका क्षेत्रमा आत्मनिर्भर उन्मुख भईरहेका अवस्थामा माछा लगायतका क्षेत्र पनि उकालो लागिरहेका वेला कृष क्षेत्रमा गरिएको अर्वौ लगानी डुवाउने चलखेल गरिरहेको आरोप जन प्रतिनिधिहरुले नै लगाएका छन । कृषि क्षेत्रमा फड्को मारिरहेको र लगानी वढिरहेको कैलालीमा भेटिनरी डिभिजन कार्यालय स्थापना नभएमा यसले कृषि क्षेत्र धरासायी हुने चिन्ता गर्दै किसान र उद्यमीहरु त्यो सच्चाउन माग गरिरहेको अवस्थामा त्यसका लागि पहल गर्ने धनगढी उप महानगरपालिकाका मेयर नृपवहादुर ओडले आश्वासन दिए ।
सवैभन्दा वढी पशुजन्य व्यवसाय, लगानी र माग परिपुर्ति गरिरहेको कैलालीमा स्थापना नगरेर कृषि क्षेत्रलाई धरासायी वनाउन खोजेपछि किसान र उद्यमी त्यसका विरुद्ध लाग्दै जिल्लामा विशेषज्ञ सेवा सहितको पशु अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापनाको माग गरिरहेका वेला जन प्रतिनिधिहरुले पहल गरिरहेको आश्वासन दिएका छन । स्थानीय तह र संघीय सरकारका निकायका साथै प्रदेश सभा वैठकमा समेत यसका लागि आवाज उठाउने प्रदेश सभा सदस्यहरुले वताएका छन् । विहीवारको प्रदेश सभा वैठकमा कैलालीमा भेटिनरी डिभिजन कार्यालय राख्नुपर्ने माग गर्ने प्रदेश सभा सदस्य डिल्लीराज पन्तले जानकारी दिए ।
कैलालीमा विशेषज्ञ सेवा सहितको पशु अस्पताल राख्नुपर्ने उद्यमी र किसानहरुले माग गर्दै विभिन्न निकायहरु धाउन थालेपछि प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले केन्द्रमा पहल गरिसकेको जनाएको थियो । तीन वटै तहका जनप्रतिनिधिले पनि सोही विषयमा वकालत गरिरहेको अवस्थामा कैलालीमा पशु अस्पताल स्थापना हुने सम्भावना वढ्दै गएको छ ।
अडियो सुन्नुहोस्