सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि

बाह्य पर्यटकको आगमन बढ्न सकेन

फोटो सौजन्य विकिपिडिया
फोटो सौजन्य विकिपिडिया
२०७५ भदौ ४, ०६:५९ कमल सावद

प्रदेश नम्वर ७ मा थुप्रै पर्यटकीय क्षेत्र भएपनि खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नाम त्यो सुचिमा अगाडी नै आउछ । खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । भौतिक संरचना, सडक सञ्जाल, नाका र विमानस्थलको स्तरोन्नति हुन नसक्दा विदेशी पर्यटकको आगमन भने बढ्न सकेको छैन् । 
खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि विदेशी पर्यटकहरुलाई भने अझै सम्म पनि भित्रयाउन नसकिएको हो । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा आन्तरीक पर्यटक पछिल्लो एक बर्षमा १० हजार बढी आएका छन् । बाह्य पर्यटक भने एक सयको हाराहारीमा मात्र आएको खप्तड राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत चन्द्रबहादुर चन्द ले बताए । 
खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा पाटन, खप्तड बाबाको कुटी, शिव मन्दिर, सहस्रिलंग गणेश मन्दिर, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलले आन्तरिक पर्यटकहरुको ध्यान तानेको छ । तर खप्तड सम्म पुग्नका लागि सडक सञ्जालको व्यवस्था नहुँदा र अन्य सेवा सुविधा नहुँदा बाह्य पर्यटकहरु भने अहिले सम्म पनि खप्तडमा पर्याप्त मात्रामा पुग्न सकेका छैनन् । खप्तड राष्ट्रिय निकुञ्ज सम्म पुग्नकालागि सडक सञ्चाजालको उपयुक्त सुविधा नभएकाले विदेशी पर्यटकको आकर्षण नबढेको संरक्षण अधिकृत चन्दको भनाई छ ।
झण्डै ४४ बर्ष अगाडी स्थापना गरिएको शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई दुई बर्ष अगाडी  राष्ट्रिय निकुञ्ज बनाईएसंगै शुक्लाफाँटामा पनि आन्तरीक पर्यटकको संख्यामा समेत वृद्धि भएको छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षलाई निकुञ्जका रूपमा रूपान्तरण गरेसंगै पर्यटकहरुको सङख्यामा दोव्वरले वृद्धि भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक बर्षमा साढे ४ हजार पर्यटक भित्रिएकोमा भारत बाहेकका तेश्रो मुलकाका पर्यटकहरुको सख्या भने एक सय ५ मात्रै रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गोपाल घिमिरेले बताए । 

खप्तडमा पर्यटक पुगाउन व्यवस्थीत सडक र अन्य सेवा सुविधाको अभाव बाधक मानिएका बेला शुक्लाफाटामा भने बाह्य पर्यटक नआउनुको छुट्टै कारण छ । महाकालीमा रहेको नेपाल –भारत पुल बेला–बेला बन्द हुने समस्याले शुक्लाफाटामा पर्यटक भित्रयाउन समस्या भईरहेको छ । यस्तै नाका र विमानस्तलको स्तरोन्नती नहुँदा पनि शुक्लाफाटामा अपेक्षाकृत रुपमा बाह्य पर्यटक आउन सकेका छैनन् । 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस