कैलालीको चिसापानी हुँदै राजकाँडासम्म केवलकार सञ्चालनका लागि तयारी सुरु (भिडियो रिर्पोट सहित)
पर्यटन प्रवद्र्न हुने भन्दै स्थानीय वासिन्दा खुशी
राजनितिक दलका नेताहरुले विभिन्न स्थानमा केवलकार सञ्चालन गर्ने आश्वासन दिएका वेला प्रदेश नम्वर ७ मा निजि क्षेत्रवाट केवलकार सञ्चालनका लागि तयारी सुरु भएको छ । कैलालीको चिसापानी हुँदै राजकाँडासम्म केवलकार सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको हो । केवलकार सञ्चालन हुने भएपछि स्थानीय वासिन्दाहरु खुशी भएका छन । उनीहरु त्यसका लागि जग्गा दिन पनि तयार भएका छन । सुर्योदयका चिनिएको स्थानमा पर्यटन प्रवद्र्धन हुने भन्दै स्थानीय वासिन्दाहरु पनि खुशी भएका छन । प्रदेश नम्वर ७ मा पहिलो केवलकार सञ्चालनको तयारी थालिएपछि स्थानीय वासिन्दाहरु खुशी भएका हुन् । केवलकार सञ्चालन भएपछि विकासले फड्को मार्ने भन्दै स्थानीय वासिन्दाहरु हर्षित भएका हुन् । प्रशस्त पर्यटकीय सम्भावना भएको क्षेत्रको पर्यटन प्रवद्र्धन हुने स्थानीय मानवहादुर खत्रीले आशा व्यक्त गरे ।
सुर्यादयको मनोरम दृश्य देखिने राजकाँडा एउटा ऐतिहासिक स्थान मानिने गरिएको छ । केवलकार सञ्चालन भएपछि ऐतिहासिक र धार्मिक महत्व वोकेको स्थानले मुहार फेर्ने र स्थानीयको जिविकोपार्जनमा पनि टेवा पुग्ने आशा स्थानीयले गरेका छन । अर्का स्थानीय मीनवहादुर वोहोरा पनि पर्यटक आएर राजकाँडाको विकास हुने अपेक्षा गरेको वताए । ३ दशमलव २ किलोमिटर दुरीको केवलकार सञ्चालनका लागि जल्पादेवी केवलकार चिसापानी–राजकाँडा कम्पनी दर्ता भएको छ भने सम्भाव्यता अध्ययन र प्रारम्भिक अध्ययन सम्पन्न भएपछि अन्य तयारी पनि सुरु गरिएको छ । चालु आर्थिक वर्षभित्रै जग्गा कम्पनीको नाममा गरेर केवलकार सञ्चालनका लागि निर्माणको काम अगाडी वढाउने प्रक्रिया भईरहेको केवलकार सञ्चालनका लागि काम गरिरहेका ईन्जिनियर रामशरण सापकोटाले जानकारी दिए ।
केवलकार अवको चार वर्षसम्म सञ्चालनमा ल्याउने लक्ष्यका साथ तयारी थालिएको हो । ढाई अर्वको लगानी रहने केवलकारमा ६० प्रतिशत ठुला लगानीकर्ता र ४० प्रतिशत कैलालीका लगानीकर्ताहरुले लगानी गर्नेछन । सवै स्थानीय जनता लगायतका यहाँका लगानीकर्ताहरुका साथै स्थानीय तह र प्रदेश सरकारलाई पनि केवलकारमा लगानी गर्ने वातावरण वनाउने सोही क्षेत्रका प्रदेश सभा सदस्य रतन थापाले वताए । सुर्योदय सुन्दर दृश्य देखिने राजँकाडासम्म पर्यटकीय क्षेत्र चिसापानी हुँदै केवलकार सञ्चालनसँगै त्यहाँ होम स्टे लगायतका विभिन्न पर्यटकहरुलाई आकर्षित पार्ने संरचनाहरु निर्माण गरिने छन । त्यसका लागि जग्गादिनका लागि स्थानीय वासिन्दाहरुले सहमति जनाएसँगै निर्माणको लागि काम गरिरहेको लगानीकर्तामध्येका एक जना लगानीकर्ता सुर्यवहादुर थापाले जानकारी दिए ।