सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा १४ सयको सहभागीतामा ¥याफटिङ हुदैं

२०७५ जेठ १७, ०७:३३

भोली पर्यटकीय क्षेत्र कर्णाली नदीमा आयोजना हुने ¥याफटिङको सम्पुर्ण तयारी भएको छ । ‘समृद्धिका लागि पर्यटन’ भन्ने नाराका साथ गोदावरी चेम्वर अफ कर्मस अत्तरियाले आयोजना गर्ने ¥याफटिङको सम्पुर्ण तयारी पुरा भएको हो । ¥याफटिङको एक कार्यक्रमका विच मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघान गर्ने कार्यक्रम तय गरिएको छ । एक सय डुङ्गामा एक हजार चार सय जना मानिसहरुलाई एकै साथ राखेर ¥याफटिङ गराईने चेम्बर अफ कर्मस अत्तरियाका अध्यक्ष विनोद मल्ल बिप्लवले जानकारी दिए । 

प्रदेश ७ को धार्मिक, समाजिक, सांस्कृतिक विकासका सम्भावनालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन ¥याफटिङको आयोजना गर्न लागिएको मल्लले बताए । ¥याफटिङ व्यवसाय र जलमार्गको सम्भावनाको प्रचार प्रसार एबम् प्रवद्र्यन गर्न, धार्मीक क्षेत्रलाई व्यापक बनाउन र प्रदेश न ७ को प्रमुख प्रवेशद्धारमा रहेको कर्णली, चिसापानीलाई मुख्य पर्यटकीय क्षेत्र बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।  
 

कमेन्ट लोड गर्नुस