सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको साँफेवगर विमानस्थलमा परिक्षण उडान सफल

२०७५ जेठ ११, ११:३८

अछामको साँफेवगर विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि आज परिक्षण उडान गरिएको छ । अछामको साँफेवगर विमानस्थल कालोपत्रे भएपछि आज समिट एयर परिक्षण  उडान गरेको हो । नाईन  एन ए एम पि जहाजले आज  विहान सफल परिक्षण उडान गरेको हो । हुम्लाको सिमिकोटवाट  अछामको साफेंवगरमा अवतरण भएको विमान त्यहाँवाट नेपालगंजका लागि उडेको थियो । विमान नेपालगंज विमानस्थलमा पुगिसकेको छ ।

१८ सिटे विमानलाई सिनियर पाईलट क्याप्टेन एडी शेर्पाले उडाएका थिए । उनले यात्रुहरु पाएमा दुई तीन दिनमा उडान भर्न सकिने प्रतिक्रिया दिएको साँफेवगर विमानस्थल निर्माण योजनाका प्रमुख योगेन्द्र शर्माले जानकारी दिए । उनले कालोपत्रेपछि परिक्षण उडान सफल भएकोले अव हवाई यात्रा दिन सकिने दावी गरे । 

नेपाल नागरिक उडड्य प्राधिकरणले परिक्षण उडान आफ्नै लगानीमा  गर्दै आएकोमा आज गरिएको परिक्षण उडान भने अनुरोधमा गरिएको हो । समिट एयरलाई परिक्षण एयरका लागि आग्रह गरेपछि एयरले परिक्षण उडान गरेको हो । नेपालगंजवाट प्रदेश नम्वर ७ को वाजुरामा कहिलेकाही उडान हुँदै आएकोमा अन्य स्थानमा भने उडान वन्द रहेको छ । धनगढी विमानस्थल र नेपालगंज विमानस्थलमा अछामको साफँेवगर विमानस्थलमा हवाई सेवा सुरु भएमा यसले पहाडी क्षेत्रका यात्रुहरुलाई राहत हुने अपेक्षा गरिएको छ ।

तस्वीरः उदय सिंह बोहरा 
कमेन्ट लोड गर्नुस