सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ बर्ष भारतमा मजदुरी गरे तर स्वदेशमै नङग्रा खियाउनको मज्जा वेग्लै छ (भिडियो सहित)

पौरखी हातहरु : श्रृंखला ०४ 

२०७५ जेठ ४, ०७:११

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ५ का अमरवहादुर सुनारलाई मुर्तिकला सम्बन्धी कुनै औपचारिक ज्ञान र सीप छैन । विभिन्न प्रकारका मुर्तिहरु बनाउनका लागि अमरसँग कुनै प्रविधिको साथ र साधनहरु पनि छैनन् । तर अमरले बनाएका निकै सुन्दर र कलात्मक मुर्तिहरुले भने धेरैको मन जितेको छ । 
अमरका वुवाले पनि व्यवासायिक रुपमा मुर्ति बनाउने काम गर्नुहुन्थ्यो ।

वुवाले मुर्ति बनाउदै गर्दा अमरलाई पनि मुर्तिकलाको शौख सानै देखि लाग्न थाल्यो । तर मुर्ति विक्री गरेर घर परिवार पाल्न नसकिने धारणा बनाएर अमर रोजागरीका लागि भारत पसे । भारतको पुनामा १२ बर्ष मजदुरी गरेका अमरलाई त्यसपछिको दैनिकी भने स्वदेशमा काम गरेर विताउने मन लाग्यो । भारतबाट फर्कीएपछि अमरले आफ्नै कृष्णपुर स्थीत घरमा मुर्ति बनाउने र व्यवसायिक रुपमा उक्त पेशालाई अगाडी बढाउन थाले ।

आफ्नो अघि कुनै देवी  देवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मुर्ति बनाउने अमरको कलाले जिल्लामा मात्रै होईन प्रदेश नम्वर ७ का धेरैलाई मोहित पारेको छ । सानैदेखि चित्रकला र मुर्तिकलामा निकै रुची भएका अमर अहिले सुदुरपश्चिममै अव्वल  मुर्तिकारको रुपमा परिचित हुँदै गएका छन् । आफ्नै घरको आँगनमा उनले बनाउने मुर्ति र उनले मुर्ति बनाएको हेर्नेको पनि घुइँचो लाग्ने गरेको छ ।

विभिन्न देवी देवताहरु, भगवान, सहिदहरु र जनावरहरुको दुरुस्तै आकर्षक आकृति झल्किने मुर्ति वनाउने  क्षमता भएका अमरले कुनै साधन र सैद्धान्तिक ज्ञान विनै मुर्ति बनाउने गरेका हुन् । झण्डै डेढ सय वटा मुर्ती विक्री गरिसकेका अमर माग अनुसार घरमै पनि बनाउनुहुन्छ भने विभिन्न ठाउँमा गएर पनि बनाउदै आएका छन् । उनले बनाएका मुर्तीहरु १५ हजार सम्ममा विक्री भएका छन् । 
घरेलु श्रोत र साधनको प्रयोग गर्दै निकै सस्तोमा मुर्ति बनाउने अमर राम्रो अवसर पाए आफूभित्रको ज्ञानलाई दुनियाँको अघि फैलाउने र वेरोजगारि भएर विदेशीने युवाहरुलाइ स्वदेशमै रोजगारीको सिर्जना गर्न निःशुल्क सिप सिकाउने धोको रहेको बताउछन् । अमरले कुनै राम्रो अवसर पाए चमत्कारिक कला देखाउन सक्ने सम्भावना रहेको छ । त्यसैले पनि होला विदेशमा नङग्रा खियाउन भन्दा स्वदेशमै कलात्मक हातको साहाराले दैनिकी चलाईरहेका छन् । 
 

कमेन्ट लोड गर्नुस