सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिरो व्राण्डको नयाँ मोटरसाईकल र स्कुटर धनगढी वजारमा (भिडियो सहित)

२०७५ वैशाख २७, ०९:१३

नेपालको लागि हिरो मोटरसाईकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रा.लिले आजदेखि नेपाली वजारमा नयाँ मोटरसाईकल र नँया स्कुटर ल्याएको छ । हिरोको लागि धनगढीका लागि आधिकारिक विक्रेता विशेष अटोमोवाईल्सले धनगढीमा उक कार्यक्रम गरी नयाँ व्राण्डको मोटेरसाईकल र स्कुटर धनगढीका वजारमा ल्याएको हो । ग्लयामर एसभी मोटरसाइकल र ड्युट स्कुटरलाई हिरोका उत्कृष्ट मोडेलहरुका नयाँ संस्करणहरु वजारमा ल्याईएको हो । 

ग्लयामर एसभी मोटरसाईकलमा विभिन्न सेवाहरु थप गरेर नेपाली वजारमा ल्याईएको हो । आई थ्री ईन्जिन सहित आफ्र वन्द हुने, मोटरसाइकललाई कठिन ठाउँमा गुडाउँन सजिलो हुने, टेयुवलेस टायरले टायर पंचर हुने जस्तो असुविधाबाट जोगाउने विक्रेताहरु वताउँछन । नेपाली बजारमा यो मोटर साईकलको मुल्य १ लाख ९३ हजार रहेको छ । ड्युट कुटर पनि हिरोका अर्काे उत्कृष्ट मोडेलको नयाँ संस्करण हो । पुरा परिवारलाई लक्षित गरेर प्रस्तुत गरिएको यो यस अघि नेपाली उपभोक्ताले वढी रुचाइएको स्कुटर हो । नयाँ संस्करण अझै परिमार्जित र परिस्कृत स्वरुपमा आएको छ । एकातिर ईन्धन राख्न घरिघरि स्कुटरबाट ओर्रलने झन्झट नहुने अर्काेतिर डिक्कीमा भएको सामान नदेखिनुले सामान बढि सुरक्षित हुने हिरो कम्पनीको दावी रहेको छ । नेपाली बजारमा यस स्कुटरको मुल्य १ लाख ७९ हजार ५ सय रहेको छ । 

धनगढीमा नयाँ व्राण्डका मोटरसाईकल र स्कुुटरलाई विशेष अटो मोवाईल सहित विक्री वितरण सुरु गरिएको अटोमावाईल्सका प्रवन्ध निर्देशक पुष्करराज ओझाले जानकारी दिए । 

कमेन्ट लोड गर्नुस