सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानिय तहहरु बजेटलाई अन्तीम रुप दिदैँ

२०७५ साउन ४, ०२:१९

बैतडीका सबै स्थानीय तहहरुले निती तथा कार्यक्रम ल्याएका छन्। आर्थिक वर्ष २०७५÷७६ का लागी उनीहरुले निती तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। स्थानीय तहहरुले कृषी, शिक्षा, स्वास्थ्य, खानीपानी, सडक निमार्ण लगायतका कुराहरुलाई जोड दिएर निती तथा कार्यक्रम ल्याएको बताएका छन्। बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरि १० वटा स्थानीय तह रहेका छन्। दोगडाकेदार गाउँपालिकाकाले  ल्याएको निती तथा कार्यक्रममा शैक्षीक गुणस्तर सुधार, कृर्षी, पशुपालन, लघु उद्यम, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्ने गरी नीती तथा कार्यक्रममा समेटीएको गाउँपालीकाका अध्यक्ष चक्र बहादुर कार्कीले बताए। यस्तै मेलौली नगरपालिकाले पनी सडक निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्यका विषयलाई निती तथा कार्यक्रममा जोड दिएर राखेको नगर प्रमुख कृष्ण सिंह नायकले बताए। जिल्लाको पाटन नगरपालिकाले पनि शिक्षा, स्वास्थ्य, कृषि, पुशुपालनकै बिषयलाई प्राथमिकतामा राखेको छ। अहिले जिल्लाका सबैजसो स्थानिय तहले भौतिक पुर्वाधार निर्माण, सामाजिक बिकाश तथा आर्थिक बिकाशका कुरालाई जोड दिएर बजेट बिनियोजन गरेको जनाएका छन्। हाल बजेट माथिको छलफल चलिरहेकाले छिटै गाउसभा तथा नगरसभाले बजेटलाई अन्तीम रुप दिने स्थानिय तहहरुले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस