सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायीले मन लाग्दो अाँकडा पेस गर्दा विश्वसनीय तथ्याङक संकलनमा चुनौती

२०७५ वैशाख ८, १२:१६

बैशाख १ गतेदेखि सुरु भएको आर्थिक गणना अहिल प्रदेश नम्वर ७ का ९ वटै जिल्लामा पनि जारी छ। केन्द्रिय तथ्याङ विभागले सबै जिल्लामा स्थापना गरेको जिल्ला आर्थिक गणना कार्यालयहरुले गणकहरु खटाउदै तथ्याङक संकलन गरिरहेका छन्। पहिलो पटक हुन लागेको आर्थिक गणना जेठ महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ । प्रदेश नम्वर ७ मा पनि प्रदेश भरिको आर्थिक क्रियाकलापको गणना भईरहेको छ तर अधिकांश व्यवसायीले मन लाग्दो अाँकडा पेश गर्दा विश्वसनीय तथ्याङक संकलनमा भने चुनौती देखिएको छ ।

देशको समग्र आर्थिक क्रियाकलापहरुको स्थितिको मुल्यांकन गर्न र उपयुक्त आर्थिक निति तथा कार्यक्रमहरु तर्जुमा गर्नका लागि जारी आर्थिक गणनामा व्यवसायीहरु वास्तविक आयव्यय विवरण र आर्थिक गतिविधि दिन अटेरी गरिरहेका कैलाली जिल्लाका आर्थिक क्रियाकलापको तथ्याङक संकलनको जिम्मा पाएका गणक गोवीन्द अधिकारीले बताए। अस्तित्वमा रहेका र क्रियासिल सव व्यवसायिक प्रकृतिका आर्थिक एकाईहरूमा पुगि तिनीहरुको विवरण संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवम्ं वितरण गर्ने समष्टिगत प्रक्रियालाई आर्थिक गणना भनिन्छ।

आर्थिक गणना व्यवसायीलाई समस्या पुगाउन नभई उनीहरुकै हितका लागि हो भन्ने कुराको जानकारी दिन नसक्दा यस्तो समस्या आएको हुनसक्ने जिल्ला आर्थिक गणना कार्यालय कैलालीका प्रमुख गोवीन्द न्यौपानेले बताए। देशको समग्र आर्थिक क्रियाकलापहरूको स्थितिको मूल्यांकन गर्न र उपयुक्त आर्थिक निति तथा कार्यक्रमहरू तर्जुमा गर्नका लागि भरपर्दो, समसामयिक र गुणस्तरीय आर्थिक तथ्याङ्कको आवश्यकता पर्दछ । बृहत् र दिगो रूपमा आर्थिक तथ्याङ्कहरू उत्पादन गर्नका लागि आर्थिक तथ्याङ्क प्रणालीलाई मजबुत तुल्याउन आवश्यक छ ।

स्थानीय तहबाट नै तथ्यमा आधारित योजना बनाउनको लागि स्थानीय तहसम्मका खण्डीकृत तथ्याङ्कको आपूर्ति अपरिहार्य हुन् जान्छ । आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कले सम्वन्धित स्थानीय तहको अर्थतन्त्रको अवस्था, आर्थिक एकाईहरूको आकार, प्रकार संरचना, रोजगारी लगायतका निति निर्माणका लागि आवश्यक पर्ने विवरणहरू तथा आधारभूत सूचकहरू एकै साथ उपलव्ध हुने अपेक्षा गरिएको छ । दुई महिना लगाएर हुने गणनाको तथ्याङ्क अहिले उपलब्ध तथ्याङ्कभन्दा विश्वसनीय हुने र त्यसको आधारमा बन्ने सरकारी निति तथा कार्यक्रम पनि बढी प्रभावकारी हुने ठानिएको छ । 
 

कमेन्ट लोड गर्नुस