वन पैदावार उद्योग व्यवसायी सघंको प्रदेश ७ को अध्यक्षमा भट्ट
नेपाल वन पैदावार उद्योग व्यवसायी सघंको प्रथम महाधिवेशनले प्रकाशचन्द्र भट्टलाई अध्यक्षमा चयन गर्दै प्रदेश नम्वर ७ को समिती गठन गरेको छ । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा विर वहादुर वुढाथोकी, उपाध्यक्षमा शेर सिह माल र पदम ओझा, सचिवमा खड्क बम, सह–सचिवमा महेश्वर ओझा, कोषाध्यक्षमा जयराज भट्ट, सह कोषाध्यक्षमा नारायण संगौला चयन भएका छन् ।
यस्तै वरिष्ठ सदस्यमा घनानन्द विक र सदस्यहरुमा वम वहादुर रेग्मी, जगदीस खत्री तथा महिला सदस्यमा लक्ष्मी शाही चयन भएका छन् । कैलाली, कञ्चनपुर र डडेल्धुराका अध्यक्षलाई भने पदेन सदस्य राख्ने विधान छ ।
महाधिवेसनमा पानी, वन र माटो नै आर्थिक सम्बृद्धीको मुल आधार भएपनि यसमा अस्पष्ट नितिका कारण ४४ प्रतिशत वन क्षेत्रबाट जम्मा ४ प्रतिशत मात्र आम्दानी हुने गरेको व्यवासायीहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै वन प्रर्यटन तथा वातावरण मन्त्री माया भट्टले वनको सहि सदुपयोग गर्न प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।