सुदूर नेपाललाई विश्वसँग जोड्दै

लद्यु उद्यमीको गुनासो : सरकारबाट सहयोग नपाउदा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिएन (भिडियो रिर्पोट)

२०७५ जेठ १४, ११:०४

हिमाली जिल्ला दार्चुला, दुँहुका धिर सिह कार्कीले २०६२ सालमा भारतबाट अँगुरा जातको खरायो ल्याएर व्यवसायीक खरायो पालन सुरु गरे। खरायोकै कपालबाट लत्ता कपडा बनाउन थालेका कार्कीलाई अहिले आएर सफल उद्यमी बनाईदिएको छ। दार्चुला नौगाड गाँउपालिकाकी हन्सा मन्याल, २०६५ सालदेखि लघु उद्यम समूहमा आवद्ध छिन् । उनले वनपाखामा पाइने घाँस, अल्लो प्रशोधन गरी हस्तकलाको माध्यमबाट विभिन्न किसिमका कपडाहरु बनाउदै आएकी छन्। तर उनले कडा परिश्रम गरी बनाएका लत्ताकपडा र अन्य समाग्रीको कारोबार सदरमुकाम खलङगामा मात्र सीमित छ ।

प्राकृतिक स्रोतको प्रयोग गरी आधुनिक समाग्री निर्माणमा सक्रिय भएका प्रदेश ७ का लघु उद्यम व्यवसायीले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने खालका समाग्री निर्माण गर्छन। तर सरकारी स्तरबाट सहयोग नपाउदा ती समान स्वदेशमै कारोबारमा सीमित भएका छन्। मन्याल र कार्कीले जस्तै कैलाली अत्तरियाका दिनेश कैनीले पनि वनजंगलमा पाइने बेत बाँसबाट आधुनिक डिजाइनका हेङगर, मुढा, फुलदानी, कुर्सी र सोफासेट लगायतका समाग्री बनाउदै अएका छन्। उनको उत्पादन  अहिले नेपालका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ।

विगतमा यहाँको उद्योग वाणिज्य संघले बेला बेला भारत सहितका देशमा हुने अन्तराष्ट्रिय मेलामा सुदूरपश्चिमेली उत्पादनलाई चिनाउने भुमिका खेल्दै आएको थियो। अहिले आएर सो कार्य रोकीएपनि स्थानीय स्तरमै पाईने कच्चा पदार्थबाट उत्पादीत सामाग्रीले अन्गतराष्ट्रि बजार पाएको छैन्। गाँउमा बनाइएका समाग्रीहरुलाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउन सरकारले सहयोग गर्नुपर्ने उद्यमीहरुको माग छ। लघु उद्यमी कैनीले भने वनमा आधारित व्यवसाय भएका कारण बाहिर देशमा लैजान समस्या छ। कहिले कहिले नीजि क्षेत्रबाट हुने मेला महोत्सवमा प्रर्दशन गर्ने अवसर मिलेपछि निर्यात गर्न नसकिएको उनले बताए।

त्यसका लागि राज्यस्तरबाट सहयोगको खाचो  उनले औल्याए।  उद्योग मन्त्रालयले सञ्चालन गरेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले उद्यमीलाई प्राविधिक तालिम र प्रविधि सहयोग गर्दै आएको थियो। तर अब देशमा तीन तहका सरकार गठन भइसकेकाले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजार सम्म प्रतिस्पर्धा गर्न सक्ने बनाउने जिम्मा पनि उनीहरुकै छ। नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य गोपाल हमालले प्राकृति स्रोतको प्रयोगबाट बनेका समान उत्पादन गर्ने व्यक्तिले मात्र बजारीकरण गर्न सम्भव नभएको बताए। प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन आफुबाट सुरु गर्नुपर्ने बताउछन्। स्वदेशी उत्पादनको प्रयोग गर्न हिचकिचाउने प्रवृत्तिले गर्दा यहाँको उत्पादन अन्तराष्ट्रिय बजार सम्म पुग्न नसकेको दाबि उनको छ।   
 

कमेन्ट लोड गर्नुस