सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिंचाई आयोजना निर्माण सुरु भएको नौ वर्षमा ३५ प्रतिशत मात्रै भौतिक प्रगति

पथरैया र कान्द्रा नदीको हिस्सा थप

२०७५ भदौ १०, ०६:५३

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिंचाई आयोजना निर्माण सुरु भएको नौ वर्षमा ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । पथरैया र कान्द्रा नदीको हिस्सा थप भएपछि भौतिक प्रगति कम भएको हो । सो क्षेत्रलाई नजोड्दा झण्डै ७० प्रतिशत प्रगति भएको अवस्थामा क्षेत्रफल बढेपछि छ प्रगति कम भएको हो । २०६६ सालदेखि निर्माण सुरु भएको आयोजनालाई आर्थिक वर्ष २०७३÷७४ मा सम्पन्न गर्ने लक्ष्य लिईएकोमा सो अवधिमा लक्ष्य अनुसारको प्रगति हुन नसकेको हो । कान्द्रा र पथरैया नदीको भाग थप गरेर आयोजनालाई विस्तार गरिएपछि अहिलेकै गतिमा काम भए निर्माण सम्पन्न हुन अझै १० वर्ष लाग्नेछ ।

३८ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुराउने लक्ष्य राखिएको रानी जमरा कुलरिया सिंचाई आयोजनामा थप क्षेत्र थपिएपछि भौतिक प्रगति घटेको हो । निर्माण सुरु भएको नौ वर्षमा पथरैया र कान्द्रा नदीको भाग थपेपछि भौतिक प्रगति ३५ प्रतिशत भएको हो । आयोजनाको पहिलो चरण अन्तर्गत विश्व वैंकले साढे ४ अर्व र नेपाल सरकारको लगानीमा आयोजनाका कामहरु गरिएका छन् । ३८ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्यका साथ निर्माण सुरु गरिएको आयोजनाको पहिलो चरणमा कर्णाली नदीमा इन्टेक निर्माण तथा अन्य संरचना निर्माण र तल्लो क्षेत्रमा कल्भर्ट, पुल निर्माण तथा नदी नियन्त्रणका कार्यहरू सम्पन्न भइसकेका छन् । विश्व बैङ्कको दस वर्ष निब्र्याजी ऋण तीन अर्ब ७० करोड रुपियाँ, सरकारको ५० करोड रुपैयाँ र स्थानीयबाट दश करोड रुपैयाँ बराबरको साझेदारीमा पहिलो चरणको कार्य सम्पन्न भएको हो । तर लक्ष्य अनुसारको प्रगति भने हासिल हुन नसकेको  आयोजनाको प्रमुखको रुपमा काम गरेर भरखरै सरुवा भएका सुशिलचन्द्र आचार्यले वताए ।

यसअघि भनिएको क्षेत्रमा ७० प्रतिशत भौतिक प्रगति भएकोमा नयाँ क्षेत्र थपिदा त्यो आधा घटेको हो । आयोजना आर्थिक वर्ष आर्थिक वर्ष २०७३÷७४ मा सम्पन्न गर्ने लक्ष्य लिईएकोमा सो अवधिमा लक्ष्य अनुसारको प्रगति गर्न नसकिएको अवस्थामा कान्द्रा र पथरैया नदीको भाग जोडिएपछि त्यहाँ पनि निर्माणका काम गर्नका लागि अहिले डिपिआर अर्थात विस्तृत आयोजना प्रतिवेदनको काम भईरहेको छ ।

२७ अर्वको लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको विश्व वैंकले दोस्रो चरण अन्तर्गत निर्माण कार्य अगाडी वढाउन ७ अर्वको सम्झौता भएको छ । नेपाल सरकारले चालु आर्थिक वर्षमा ८० करोड विनियोजन गरेको छ । यो रकम जग्गा प्राप्ती, मुआव्जा दिन र विद्युत उत्पादनको काम गर्न पनि अपुग देखिएको छ । आयोजनाका अनुसार जलविद्युत् उत्पादनका लाग्ने धेरै जसो उपकरण तथा सामानहरू पुगिसकेका छन् ।
आयोजना निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्की चुहा नगरपालिका, पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवा, भजनी, घोडाघोडी नगरपालिका गौरीगंगा नगरपालिकाको करिब ३८ हजार हेक्टर जग्गामा सिँचाई सुविधा पुग्ने बताईएको छ । कान्द्रा र पथरैया नदीको क्षेत्र थपिएपछि अव आयोजना अहिलेकै गतिमा अगाडी वढेमा निर्माण सम्पन्न गर्न कम्तिमा १० वर्षको समय लाग्नेछ । बजेट कम आएमा भने आयोजना निर्माणको अवधि अझै लम्बिदै जाने अवस्था रहेको आयोजनाको प्रमुख भएर भरखरै सरुवा भएका आचार्यको भनाई छ ।

कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाई प्रणाली सञ्चालन हुँदै आएको रानी, जमरा र कुलरिया सिँचाई प्रणालीलाई वृहत सिँचाईका रूपमा विकास गर्न यो आयोजना सरकारले सुरु गरेको थियो । एक सय वर्षभन्दा पहिलेदेखि यी तीन  वटा पराम्परागत कुलाबाट कैलालीमा सिँचाइ सुविधा सञ्चालन हुँदै आएकोमा वि. सं. १९८५ मा कर्णाली नदीमा आएको ठूलो बाढीले तीन वटै कुलोमा क्षति पु¥याएपछि सरकारले एकीकृत सिँचाइ आयोजनाका रूपमा अध्ययन गर्दै रानी जमरा कुलरीया सिंचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गरिरहेको छ । तर खेतीयोग्य जमीनको सिंचाईको लागि निर्माण भईरहेको आयोजनाले समेट्ने क्षेत्रमा जग्गा प्लटिङ भएमा आयोजनाको कुनै अर्थ नहुने भएकोले यो कार्य रोक्नका र छिटोभन्दा छिटो निर्माणमा ध्यान दिन भने जरुरी छ ।

 

कमेन्ट लोड गर्नुस