सुदूर नेपाललाई विश्वसँग जोड्दै

राय सुझाव समितीद्धारा छुट्टा छुट्टै प्रतिवेदन पेस

उद्योग वाणिज्य संघका नक्कली सदस्यता विवाद

२०७५ भदौ ११, ०६:२०

उच्च अदालत दिपायलको आदेशपछि कैलाली उद्योग वाणिज्य संघका नक्कली सदस्यताको विषयमा राय सुझाव दिन बनाईएको पाँच सदस्यीय समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ । आईतवार सम्मको समय सीमा दिएर राय सुझाव दिन गठन भएको समितीले तीन वटा वुँदामा वहुमतको रुपमा एक प्रतिवेदन पेस गरिएको  छ । एक जना सदस्यले भने छुट्टै प्रतिवेदन वुझाएका छन् । राय सुझाव दिन वनाएको समितीका सदस्यहरु नक्कली सदस्यहरुलाई भ्याटमा दर्ता गरेर संघको सदस्य वनाएर भोट हाल्न पाउनेमा सहमत भएकोले सरकारको निकायमा मात्रै दर्ता गरेर भोट हाल्न पाउने राय दिईएको छ । संघको विधानमा आवश्यक सवै शंसोधनहरु साधारण सभाबाट गरिने सुझाव दिईएको छ ।
त्यसैगरी चुनावी प्रक्रिया सुरुवाट थाल्ने र नक्कली सदस्य विरुद्ध मुद्धा हाल्ने पक्षका व्यवसायीलाई  पनि समावेश गर्ने सहमति भएको छ । समितीका संयोजक शंकर बोगटी, रुपेश स्वार, पुष्प कुँवर र रविन पन्त गरी चार जना सदस्यले एउटा प्रतिवेदन र समितीका एक जना सदस्यले पनि सोही वुँदाहरुलाई आफ्नै फरक भाषामा अर्को प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा वुझाएका छन । प्रतिवेदन पाएपछि आगामी प्रक्रिया अगाडी  वढाउने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले प्रतिवेदनको सुझाव अध्ययनपछि वाँकी प्रक्रिया अगाडी वढाउने जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस