रया्फटिङ कार्यक्रमको खर्च विवरण सार्बजनिक
कैलालीको अत्तरियामा रहेको गोदाबरी चेम्बर अफ कमर्सले आज खर्च बिबरण सार्बजनिक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। गत जेठमा आयोजना गरेको द कर्णाली वन्डरफूल अर्थात रया्फटिङ कार्यक्रमको खर्च सावर्जनिक गरिएको हो। कमर्सका अध्यक्ष बिनोद मल्लले कार्यक्रममा रया्फटिङ कार्यक्रमको १० लाख ३६ हजार खर्च भएको जानकारी दिए। कार्यक्रममा पर्यटकिय क्षेत्र खप्तड सम्म साईकल यात्रा गरेका ३ जना साईकल यात्रीह? लाई सम्मान गरिएको छ।