मिटर व्याजले घरवार उजाडिदै, अपराधिक गतिविधि बढ्न थालेपछि त्रास (अडियो रिर्पोट सहित)
यस वर्ष मात्रै कैलालीमा मिटर व्याजसँग सम्बन्धित ३६ मुद्धा दर्ता
धनगढीमा ठुलो आर्थिक प्रलोभनमा परी मिटर व्याजको जालोमा फसेका व्यक्तीहरुको घरवार उजाडिन थालेको छ । छोटो समयमै अकुत सम्पत्ति आर्जन गर्ने भन्दै मिटर व्याजमा लागेकाहरुको एकपछि अर्काे गर्दै घरवार उजाडिन थालेको हो । मिटर व्याजमा फसेर भएको सम्पत्ति सबै गुमाएपछि धेरै महिलाहरुले आत्महत्याको बाटो समेत रोजेका छन । रातारात धनी वन्ने सपनाले मध्यम वर्गीय परिवारका महिलालाई मिटर व्याज र ढुकुटीले मृत्युको फन्दामा पार्न थालेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीमा यस बर्ष मात्रै मिटर ब्याजसँग सम्बन्धित बैङकिङ कसुर सम्बन्धी ३६ ओटा मुद्धा दर्ता भएका छन ।
सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी ढुकटी र मिटर व्याज आतंकवाट त्रसित बनेको हो । प्रहरीले निर्मल कार्कीमाथिको गोली प्रहार काण्ड पनि मिटर व्याजसँग सम्बन्धित भएको भन्दै अनुसन्धान थालेपछि मिटर ब्याज आतंकले यसमा संलग्नहरुलाई झनै त्रसित बनाएको छ । मिटर ब्याजमा फसेका कारण धेरैको घरवार गुमेको छ भने कतिपयले आत्महत्याको बाटो रोजेको छन । मिटर ब्याज र ढुकुटीका कारण धनगढीमा अपराधका घटनामा पनि निकै वृद्धि भएको छ । यस बर्ष मात्रै कैलालीमा मिटर ब्याजसँग सम्बन्धित ३६ ओटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरिवहादुर ओलीले जानकारी दिए ।
मिटर ब्याज र ढुकुटीको बिषयलाई लिएर कुटपिटका घटना दिनहुँ भईरहेका छन भने रकम असुलीका लागि गुण्डा तैनाथ गर्ने, घरघेराउ गर्ने ज्यान मार्ने धम्की दिने घटना दिन प्रतिदिन बढिरहेका छन । मिटर व्याज र ढुकुटी कारोवारवाट सर्वश्व गुमाएपछि आत्महत्या गर्ने महिलाको संख्या धेरै पनि बढिरहेको छ । भएभरको सवै सम्पत्ति मिटर ब्याज तिर्दैमा सकेका महिलाहरु मृत्यु वाहेक अर्को विकल्प नभएको बताउँछन । कति त मर्न नसकेर वाल बच्चा छोडेरै पनि वेपत्ता भएका छन । मिटर व्याजमा संलग्नहरुले न्युनतम ६ लाखदेखि करोडसम्मका चेक नसाटिएको भन्दै उजुरी दिएको प्रहरी नायव उपरिक्षक ओलीले वताए ।
सामान्यतया मिटर व्याजमा ३० लाख आवश्यक परेको कुनै व्यक्तीलाई सुरुमै व्याज वापतको २० प्रतिशत रकम (६ लाख ) कटौती गरी २४ लाख दिईन्छ । ऋण लिने व्यक्तीले हरेक महिना ३० लाखको १० प्रतिशतका दरले ३ लाख रुपैंया ब्याज तिर्नुपर्छ । १ बर्षभित्र तिर्न नसके ब्याज दोब्बर हुन्छ । यसरी ३० लाख ऋण लिएको व्यक्तीले बर्षको ३६ लाख र सुरुमा तिरेको ६ लाख सहित ४२ लाख ब्याज मात्र तिर्नुपर्छ । चर्को ब्याजमा ऋण लिनेले धितो वापत घरजग्गा दृष्टिवन्धक राख्छ वा ऋण दिनेलाई घितो दिनेगरी कागज वनाउने गर्छ । जस्तोसुकै व्यवसायीले पनि यति चर्को व्याजमा रकम लिएर मुनाफाको व्यवसाय गर्न सक्दैन् र विस्तारै ऋण लिनेको सम्पत्ति मिटर व्याजमा ऋण दिनेको हुन्छ । वैदेशिक रोजगार, सरकारी जागिर र व्यवसायमा संलग्न पुरुषका श्रीमतीहरुले चर्को ब्याजमा पैसा लगाउने लोभमा थाहै नपाईकन यो धन्दामा लाग्ने गरेका छन् । आफूँंग भएको सम्पत्ति मात्र नभई चर्को व्याजको लोभमा फसेर आफ्ना आफन्तसँग र वित्तिय संस्थावाट समेत ऋण निकालेर मिटर व्याजमा लगाउनेहरु नै अहिले सर्वश्व गुमाउनेमा धेरै छन् ।
अडियो सुन्नुहोस्