सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ जिल्लालाई राष्ट्रिय प्रसारण लाइनसंग जोड्ने दशक पुरानो योजना अलपत्र (अडियो रिर्पोट सहित)

उज्यालो बझाङको चुनावी एजेण्डा ओझेलमा

२०७५ असार १८, ०७:०९

बझाङ जिल्लालाई राष्ट्रिय प्रसारण लाइनसंग जोड्ने झण्डै एक दशक पुरानो योजना अहिले सम्म पुरा भएको छैन् । आर्थिक बर्ष २०६४÷०६५ सालदेखि नै बझाङ जिल्लालाई राष्ट्रिय प्रशारण लाईनमा जोड्ने योजनाको सुरुवात गरिएको थियो । तर अहिले सम्म पनि खोड्पेदेखि बझाङ सदरमुकाम चैनपुर सम्म विद्युतको लाईन समेत विस्तार गरिएको छैन् । जिल्लावासी छेउमै रहेको पश्चिम सेती हेरेर चित्त बुझाउन बाध्य भएका छन् । उज्यालो बझाङ बनाउने एजेण्डा सहित चुनाव जितेका नेताहरु पनि फर्किएर नआएपछि जिल्लावासी निराश भएका छन् ।

बझाङ जिल्लालाई राष्ट्रिय प्रसारण लाइनसंग जोड्ने दशक पुरानो योजना अलपत्र परेपछि जिल्लावासी छेउमै रहेको सेती नदि हेरेर चित्त बुझाउन बाध्य भएका हुन् । आर्थिक बर्ष २०६४ सालदेखि नै बैतडीको खोड्पेदेखि बझाङको चैनपुर सम्म राष्ट्रिय प्रशारण लाईन विस्तार गर्न सरकारले बजेट विनियोजन गर्दै आएको छ । तर उज्यालो बझाङको चुनावी एजेण्डा बनाएका नेताहरुको मौनताले उक्त बजेट अन्यत्र खर्च हुदै आएको विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका ईन्जिनियर चिजवहादुर गुरुङले वताए । बझाङबाट प्रतिनिधि सभा सदस्यमा विजयी भैरव वहादुर सिहको चुनावका बेला प्रमुख एजेण्डा नै उज्यालो बझाङ बनाउने थियो । चुनावका बेला सिहले जिल्लाका सबै स्थानीय तहमा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगाएर बझाङलाई उज्यालो बनाउने एजेण्डा गाउँ–गाउँमा भन्नुभएको थियो । खोड्पे–चैनपुर १३३ केभी प्रसारण लाइन छिटो निर्माण सक्ने र जिल्लामा २५० मेगवाटको माथिल्लो सेती जलविद्युत् आयोजना बनाउने सपनापनि उहाँले बाड्नुभएको थियो । सबै स्थानीय तहमा विद्युत पुगाउन त परै जासव जिल्ला सदरमुकाम चैनपुरमा समेत राष्ट्रिय प्रशारण लाईन पुगेको छैन तर प्रतिनिधि सभा सदस्य सिह भने मौन बसेका छन । तर प्रतिनिधि सभा सदस्य भैरव वहादुर सिह त्यसका लागि पहल गरिरहेको वताउँछन् ।

जापान सरकारको ८५ करोड अनुदान सहयोगमा निर्माण भएको सुर्मा जलविद्युत आयोजनाले अहिले जयपृथ्वी नगरपालिका र केहि वरपरको क्षेत्रमा विद्युत आपुर्ती गरिरहेको छ । तर उक्त आयोजना महिनौ सम्म विग्रीएर मर्मत समेत नहुने समस्या रहेको छ । जिल्लाका अन्य क्षेत्रका वासीन्दाको राष्ट्रिय प्रशारण लाईनमा जोडिएला र विद्युत बाल्न पाउला भन्ने सपना त कहिले साकार हुने हो निश्चित छैन् । विद्युत नभएका कारण बझाङ वासीले विद्युतिय उपकरण सञ्चालन गर्दा मात्रै एक महिनामा करोड बढि रकम ईन्धनका लागि खर्च गर्नुपर्ने समस्या रहेको छ । बझाङबाटै प्रदेश सभाबाट विजयी हुदै प्रदेश ७ का सभामुख बनेका अर्जुन थापा पनि कामका लागि भनिरहेको दावी गर्छन् । बझाङ जिल्लालाई राष्ट्रिय प्रशारण लाईनमा जोड्ने योजना दशक पुरानो हो । बर्षाै पहिलो भएका ठेक्काहरु अलपत्र परेपछि पछिल्लो डेढ बर्षमा २ वटा ठेक्का मार्फत विद्युतीकरणको कार्य भईरहेको छ । बझाङको चैनपुर र बागथलामा सव स्टेशन निर्माणको कार्य पनि भईरहेको छ । तर बझाङ जिल्लाले राष्ट्रिय प्रशारण लाइनसंग कहिले जोडिन पाउने हो निश्चित नरेहेको विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरीयाका ईन्जिनियर चिजवहादुर गुरुङको भनाई छ ।

राष्ट्रिय राजनितिमा समेत चर्चा भईरहने झण्डै ७ सय ५० मेगावाट क्षमताको  पश्चिम सेती नदी बझाङको चैनपुर हुदै, बगिरहन्छ । भोट माग्दा जनप्रतिनिधिले सोही नदि देखाएर बझाङलाई उज्यालो बनाउने सपना पनि बाड्दै आएका छन् । तर विजयीभएपछि बझाङ फर्किएर पनि नआउने गरेको गुनासो जिल्लाबासीको छ ।

अडियो :

 

कमेन्ट लोड गर्नुस