सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाष्ट ट्रयाकबाट बजेट ल्याउने प्रदेश सरकारको तयारी हल्लामै सिमित

२०७५ वैशाख ३, १०:११

चैत्र मसान्त भित्रै फाष्ट ट्रयाकबाट बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारको तयारी असफल भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गत चैत्र २५ गते भित्र नै फाष्ट ट्रयाकबाट बजेट ल्याउने भन्दै संचारमाध्यमहरुमा अभिव्यक्ती दिएका थियो ।

 तर चैत्र मसान्त सकिएर बैशाखको पहिलो साता सकिन लाग्दा बजेट ल्याउन प्रदेश सरकार असफल भएको हो। बिगतमा जसरी पनि चैत्र मसान्त भित्रै बजेट ल्याउने भन्दै संचारमाध्ययममा अभिव्यक्ती दिएका मन्त्री बोहराले प्रक्रियागत कुरामा समय लागेकोले समयमा बजेट ल्याउन नसकिएको बताए। 

बजेटका बिषयमा आवश्यक गृहकार्य नै भईनसकेकोले बजेट ल्याउनमा ढिलाई भएको बताईएको छ। तर आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले मन्त्रालयका तर्फबाट बजेट ल्याउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको बताए। 

यस्तै सोमवार बसेको प्रदेश ७ को संसद बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको निति तथा कार्यक्रम माथीको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका छन्। उनले संसदमा उठेका प्रश्नहरुको प्रश्नगत रुपमा जवाफ नदिई समष्टीगत रुपमा अहिले छुटेका बिषय वस्तुहरुलाई आगामी बर्षको निति तथा कार्यक्रममा समावेश गर्ने बताए। 
 

कमेन्ट लोड गर्नुस