प्रदेश सातमा निजि क्षेत्रवाट विद्युत उत्पादन गर्ने कम्पनीको अर्को आयोजनाको निर्माण कार्य अन्तिम चरणमा (अडियो सहित)
चमेलियामा ४० मेगावाट विद्युत क्षमताको आयोजना निर्माण गर्न ग्रीड लाईनको सम्झौता
प्रदेश नम्वर ७ मा पहिलो पटक निजि क्षेत्रवाट दार्चुलामा रहेको नौगाडवाट साढे ८ मेगावाट विद्युत उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । अपि हाईड्रो पावरले २०७२ साल भदौ १ गते विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईन जोडेपछि आठ मेगावाट क्षमताको अपर नौगाढ जलविद्युत आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । आगामी मंसीर एक गतेसम्म निर्माण सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनासँगै अपि हाईड्रो पावरले तेस्रो जल विद्युत निर्माणको काम पनि थालेको छ ।
४० मेगावाट क्षमताको चमेलीया जलविद्युत आयोजना दार्चुलाको गुल्जरमा निर्माणको प्रक्रिया थालिएको हो । अपि हाईड्रो पावरले तेस्रो आयोजना निर्माणका लागि पनि राष्ट्रिय प्रसारण लाईनमा ग्रीड जोड्न विद्युत प्राधिकरणसँग सम्झौता समेत गरेको छ । निजि क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा प्रदेश नम्वर ७ मा अपि पावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनावाट विद्युत निकाल्ने तयारी भईरहेका वेला तेस्रो आयोजना निर्माणको प्रक्रिया पनि अघि वढाएको हो ।
अपि पावर कम्पनीले निर्माण गरेको दार्चुलाको नौगाड खोलाबाट ८.५ मेगावाटको नौगढ गाड साना जलविद्युत आयोजनावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । एक अर्व ६० करोडको लगानीमा निर्माण गरिएको नौगाड नौगढ गाड साना जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिएपछि यसक्षेत्रको लोडसेडिङलाई कम गर्न सहयोग पुगेको थियो । त्यसमा गरिएको लगानीको १० करोड वैतडी र दार्चुलाका वासिन्दालाई शेयर मार्फत लगानी गरिएको थियो भने ३० करोड नागरिकहरुको लगानी शेयर वेचेर गरिएको थियो ।
निकै राम्रो मुल्यमा आयोजनाको शेयर २ वर्षदेखि सफल रुपमा संञ्चालन गर्दै आइरहेको अपि हाईड्रो पावर कम्पनीले दार्चुलाकै ८ मेगावाटको अपर नौगढ गाड साना जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगाएको छ । कार्तिक मसान्तसम्म विद्युत उत्पादन गरी ८ किलोमिटर पर रहेको बलाँच सव स्टेशनमा जडान गर्ने लक्ष्य लिईएको विद्युत उत्पादक कम्पनीले जनाएको छ । अपर नौगढ गाड साना जलविद्युत आयोजना (८ मेगावाट) नौगढ गाड आयोजनाभन्दा ५ किलोमिटर माथि अवस्थित छ । अपर नौगढ गाड आयोजनाको बहुवित्तीय व्यवस्थापन नेपाल एसविआइ बैंक लिमिटेडको अगुवाइमा प्रभु बैंक लिमिटेड समेतको लगानीमा निर्माण भैरहेको छ । आयोजनाको कुल लागत १ अर्ब ५० करोड लगानी राख्ने आयोजनाका लागि हकप्रद शेयर भने निष्कासन नगरिएको अपि हाईड्रो पावर प्रालिका अध्यक्ष गुरुप्रसाद न्यौपाने
कम्पनीको आफ्नो लगानीमा चमेलिया नदिमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पिपिए) समेत अन्तिम चरणमा रहेको छ । कम्पनीको १ बराबर २ को हकप्रद सेयर नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको लागि अन्तिम चरणमा पुगेकोे छ । यसका लागि नेपाल विद्युत प्राधिकरणसँग ग्रीड लाईन जडानका लागि भने सम्झौता सम्पन्न भईसकेको छ । विद्युत आयोजना निर्माण गर्ने टोली एउटै भएकोले माथिल्लो नौगाड सम्पन्न भएपछि आगामी वैशाखदेखि माथिल्लो चलेमीयामा विद्युत उत्पादनको काम अगाडी वढ्ने योजना वनाईएको अपि पावर कम्पनीका अध्यक्ष न्यौपानेको भनाई छ ।
अडियो सुन्नुहोस्