प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा चार महिनामा २१ लाखको फर्निचर खरिद
मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयले एकै शिर्षकमा दोहोरो खर्च गर्दा सामाजिक विकास मन्त्रालयले पनि फर्निचर किनेर लाखौं रकम सिद्धाएको छ । प्रदेश सरकार गठन भएको चार महिना अघि साढे ७ लाखको फर्निचर किनेर सम्पुर्ण व्यवस्थापन गरिएकोमा अहिले पनि त्यसको दोब्बर मुल्यका फर्निचर किनिएका हुन्। नयाँ भवनमा मन्त्रालय राख्दा साढे ७ लाखको फर्निचर किनिएकोमा चार महिना नपुग्दै दोब्बर वढी साढे १३ लाखको फर्निचर फिक्चर्स खरिद गरिएको छ।
यसमा मन्त्रालयदेखि मन्त्री र कार्यकर्ता समेतलाई लाखौंको फर्निचर किनिएको आशंका गर्न थालिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको नयाँ भवनमा राखिएको सामाजिक विकास मन्त्रालयमा मर्मत सम्भारका लागि एक रुपैया पनि खर्च नभएको अवस्थामा फर्निचरका लागि भने साढे ७ लाख रकम खर्चिएको थियो। प्रदेश मन्त्रालय व्यवस्थापन समितीले क्षेत्रीय स्वास्थ्य केन्द्रमा सामाजिक विकास मन्त्री दिर्घ सोडारीको आवासका लागि मर्मत सम्भारमा साढे ९ लाख रकम खर्चिएको अवस्थामा चार महिना नपुग्दै फेरि लाखौंका फर्निचर किनिएका हुन्।
धनगढीमै घर भएर आवास सुविधा लिएको भन्दै आलोचना समेत भएका सामाजिक विकास मन्त्री सोडारीको मन्त्रालयले साढे सात लाखको फर्निचर किनेको चार महिनामा त्यसको दोव्वर मुल्य अर्थात १३ लाख ४५ हजार रुपैयाँ वरावरको फर्निचर तथा फिक्चर्स शिर्षकमा खर्च गरिएको छ। अल्पकालीन वजेटमा फर्निचर र फिक्चर्सका लागि २० लाख रकम विनियोजन गरिएकोमा अव ६ लाख ५५ हजार मात्रै वाँकी छ।
निर्मित भवनको संरचनात्मक सुधारका लागि विनियोजन गरिएको १५ लाखमा एक रुपैया पनि खर्च नगरेको मन्त्रालयले फर्निचर र फिक्चर्समा मन्त्रालय राख्ने समयको भन्दा दोब्बर वढी रकम खर्च गरिएको हो। पुँजीगत खर्चका लागि अल्पकालीन वजेटमा रकम विनियोजन गरिएकोमा खर्च गर्न सकिने शिर्षकमा मन्त्रालयका कर्मचारी र नेता तथा कार्यकर्ताका लागि पनि फर्निचर खरिद गरिएको आशंका गर्न थालिएको छ। तर चार महिनामै आवश्यकता पर्ने सवै फर्निचर खरिद गरेर प्रदेश सरकार व्यवस्थापन समितीले दिएको अवस्थामा त्यसको चार महिना पनि नपुग्दै साढे १३ लाख रकम खर्च हुनुमा प्रदेश वासीहरुले शंका गर्ने प्रशस्त ठाउँहरु रहेका छन।