पश्चिम सेती निर्माणको विषयमा थ्री गर्जेजसँग वार्ता गर्दै टुङगो लगाईने
अवको दुई महिनाभित्र सवै वुँदामा स्पष्ट हुने
वहुप्रतिक्षित पश्चिम सेती निर्माणको विषयमा थ्री गर्जेजसँग निर्णायक वार्ता गर्दै टुङगो लगाईने भएको छ । लगानी वोर्डको वैठकमा सुझाव समितिको प्रतिवेदन अनुसार आयोजना निर्माण गर्ने की नगर्ने भन्ने विषयमा निर्णायक वार्ता हुने निर्णय भएको छ । पश्चिम सेती कम क्षमतामै बनाउन चाहेमा पनि सोही अनुसा। थ्री गर्जेजसँग वार्ता गर्ने निर्णय गरिएको हो । प्रतिवेदनमा ७५० लाई घटाएर ५५० देखि ६२० मेगावाटको बनाउँदा आयोजना फजिबल हुने सुझाव रहेकोले साही अनुसार अगाडी वढ्नका लागि वार्ता गरिने भएको हो । अवको दुई महिनामा मिल्न नसकेका सवै वुँदाहरुमा स्पष्ट भएर थ्री गर्जेजले वनाउने वा नवनाउने विषयले पुर्णता पाउने लगानी वोर्डका प्रवक्ता कृष्णभक्त वाग्ले जानकारी दिए ।
चिनियाँ कम्पनीले १० वर्षसम्म डलरमा पीपीए हुने व्यवस्था बढाउन चाहेको छ । यसलाई बढाउने प्रस्ताव सकारात्मक रहेको बोर्डले जनाएको छ । दुबै विषयमा चिनियाँ पक्षसँग वार्ता गर्न बोर्डले निर्देशन दिएको छ । समितिको रिर्पोर्ट हेरेपछि बोर्डले चिनियाँ पक्षसँग वार्ता गर्न निर्देशन दिएको लगानी वोर्डले जनाएको छ । १ खर्ब ९० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि थ्री गर्जेजले ७५ प्रतिशत र विद्युत प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । तर, थ्री गर्जेजले ७५० मेगावाटमा बनाउँदा लागत महंगो पर्ने भन्दै ६०० मा झार्न प्रस्ताव गरेको थियो । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले यो प्रस्ताव अस्वीकार गरेपछि गत फागुन २५ मा लगानी बोर्डले यसबारे अध्ययन गर्न सुझाव समिति बनाएको थियो । समितिले आफैं बनाउने वा कम क्षमतामा बनाउने भनेर थ्री गर्जेजलाई दिने विकल्प दिएपछि थ्री गर्जेजसँग वार्ता गरिने निर्णयमा वैठक पुगेको हो । बजेटमा पश्चिम सेती नेपाल सरकार आफैंले बनाउने घोषणा भयो। तर, लगानी बोर्डले भने चिनियाँ कम्पनीले नै बनाउने धारणा सार्वजनिक गरेपछि आयोजना निर्माण थप अन्यौलमा परेको थियो ।