सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन अगावै गैर सदस्यता खारेज गर्न पुर्व अध्यक्षहरुको आग्रह (भिडियो सहित)

२०७५ वैशाख १२, ०३:४२

कैलाली उद्योग वाणिज्य संघको वैशाख २२ गते हुने साधारण सभावाटै गैर व्यवसायीलाई खारेज गरी वास्तविक सदस्यलाई चयन गर्न पुर्व अध्यक्षहरुले आग्रह गरेका छन्। संघका पुर्व अध्यक्ष गोपाल हमाल र दिनेशराज भण्डारीले संघका अध्यक्षलाई निवेदन दिदै नक्कली सदस्यलाई खारेज गरी व्यवसायीको संस्थाका रुपमा विकास गर्न आग्रह गरेका हुन्। वैशाख २२ गते हुने निर्वाचनमा प्यानल सहित प्रचार प्रसारमा लागेका दुवै टीमले नक्कली सदस्यता खारेज गर्ने एजेण्डा सहित चुनावी मैदानमा उत्र्रिएकोले साधारण सभावाटै उनीहरुलाई खारेज गर्दै वास्तविक सदस्यहरुवाट नयाँ कार्य समिती चयन हुने वातावरण वनाउन संघका पदाधिकारीलाई पुर्व अध्यक्षद्धयले आग्रह गरेका हुन। प्रदेश सरकारको प्रमुख आर्थिक सल्लाहकारका रुपमा संघ रहने भएकोले यो संस्थालाई वास्तविक व्यवसायीहरुको संस्थाको रुपमा विकास गर्न आग्रह गर्दै वर्तमान कार्य समितीलाई निवेदन दिएको संघका पुर्व अध्यक्ष गोपाल हमालले वताए।

 पदाधिकारीलाई दिईएको निवेदनमा ४६ वर्षको ईतिहास वोकेको संघको गरिमा मेटिने पो हो की भन्न त्रास रहेका वेला चुनावी मैदानमा होमिने दुवै प्यानलले पहिलो वैठकवाटै खारेज गर्ने उद्घोषलाई स्वागतयोग्य प्रतिवद्धता भएको पुर्व अध्यक्षले वताएका छन्। विगतमा सुन्दर सुदुरपश्चिम अभियान लगायतका धेरै सामाजिक अभियान चलाएर देशकै उत्कृष्ट संघ वनेको कैलाली उद्योग वाणिज्य संघमा पछिल्ला वर्षहरुमा वढ्दै गएका गैर व्यवसायीलाई सदस्य वनाउने कार्यले संघको छविमा नकारात्मक असर परिरहेकोले संघलाई पुरानै अवस्थामा फर्काउन पुर्व अध्यक्षद्धय हमाल र भण्डारीले पहल थालेका हुन। प्रदेशको अस्थायी राजधानी र यसक्षेत्रकै व्यापारिक केन्द्रका रुपमा स्थापित भईरहेकोले समग्र प्रदेशकै समृद्धिका लागि शसक्त भुमिका खेल्ने भएकोले सोही अनुसार अगाडी वढ्न वास्तविक व्यवसायीहरुवाट नयाँ नेतृत्व चयन होस भन्नका लागि निवेदन दिएको संघका पुर्व अध्यक्ष दिनेश भण्डारीले वताए। पुर्व अध्यक्षद्धयले संघका अध्यक्ष र पदाधिकारीलाई वुझाईएको निवेदनको वोधार्थ जिल्ला प्रशासन कार्यालय कैलाली, आन्तरिक राजश्व कार्यालय, वाणिज्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौलाई पठाईएको छ । 

पुर्व अध्यक्ष गोपाल हमाल र दिनेशराज भण्डारीको भनाई भिडियोमा हेर्नुहोस । 
 

कमेन्ट लोड गर्नुस