सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माणाधिन गेटा मेडीकल कलेजका लागि चालु आर्थिक बर्षमा एक अर्व २५ करोड बजेट विनियोजन

२०७५ साउन ६, ०६:५१

निर्माणाधिन गेटा मेडीकल कलेजका लागि चालु आर्थिक बर्षमा एक अर्व २५ करोड बजेट विनियोजन गरिएको छ। गत आर्थिक बर्षमा ९८ करोड विनियोजन गरेकोमा यस बर्ष २७ करोड बढाएर सरकारले बजेट विनियोजन गरेको हो। गत आर्थिक बर्षमा ९८ करोड मध्ये त्यसको ९७ प्रतिशत अर्थात ९६ करोड बजेट खर्च भएको थियो। भवन निर्माणको बजेट भने ९९ प्रतिशत खर्च भएको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए। २०७७ सालदेखि अस्पताल र पठनपाठन संचालन गर्ने लक्ष्य रहेपनि उक्त लक्ष्य पुरा हुनेमा भने आसंका बढेको छ। निर्माणाधिन २१ वटा भवन र २ वटा अन्य संरचना निर्माणको सम्झौता भएकोमा अधिकांशको भौतिक प्रगति अपेक्षाकृत रुपमा अगाडी बढ्न सकेको छैन्।
गत बर्षदेखि भौतीक प्रगति तिव्र रुपमा अगाडी बढिरहेको मेडीकल कलेज पुर्वाधार विकास समितीले जनाएको छ। गत महिना मै सम्पन्न हुनुपर्ने प्रशासनिक भवनको अहिले सम्म १५ प्रतिशत मात्रै भौतिक पगती भएको कार्यकारी निर्देशक पुजाराले बताउनुभयो । १५ करोड रुपैया लागत रहेको उक्त भवनको अहिले सम्म सवा करोड मात्रै खर्च भएको छ।
निर्माण कम्पनी रबिना कन्सट्रक्सनसँग पटकपटक स्पष्टिकरण मागिएपनि अहिले सम्म निर्माणलले तिव्रता पाएको छैन्। २०७१ असारमा सम्झौता भएकोमा ‘साइड नपाएको’ भन्दै निर्माण कम्पनीले थप रकम भुक्तानी दावी गरेपछि भएको विवादले लामो समय काम अलपत्र परेको थियो। 
गत भदौमा सम्झौता भएको मेडिकल कलेजको छात्रावासको भौतीक प्रगति झण्डै २० प्रतिशत पुगेको छ। छात्रवास भवन ३८ करोडको लागतमा आशिष–कुमार–केएस जेभीले निर्माण गरिरहेको छ। आवास गहृकाका लागि भवन निर्माणको काम पनि ४, ५ महिना अगाडी मात्रै सुरु भएको थियो। 
आगामी माघसम्म सम्पन्न गर्नुपर्ने कलेज भवनको काम पनि लक्षित अवधिमा नसकिने देखिएको छ । ६३ करोड रुपैयाको लागतमा लुम्बिनी–रमण–केएस जेभीले निर्माण गरिरहेको कलेज भवनको काम करिब ४५ प्रतिशत सम्पन्न भएको छ। १ अर्ब ३ करोड रुपैया लागतको ३ तले अस्पताल भवनको काम भने सवै भन्दा राम्रो देखिएको छ। साढे २ वर्षमा सक्ने गरी २०७३ चैतमा शर्मा–राजेन्द्र–कुमार जेभीसँग निर्माण सम्झौता भएकोमा अहिले सम्म ५३ प्रतिशत प्रगती भईसकेको कार्यकारी निर्देशक पुजाराले बताए।
 

कमेन्ट लोड गर्नुस